Saturday, 7 July 2018

फूटबल र जिन्दगी

बिश्वकप फूटबल २०१८ रसियामा चलिरहेको छ । ३२ देश समिलित एक महिना लामो चल्ने फूटबलको महाकुम्भले सम्पूर्ण फूटबल प्रेमीको ध्यान तानिरहेको छ । सबैको एकै साथ मुटुको धड्कन धड्किएको छ । नेपालमा पनि यसको क्रेज, माहोल निकै बाक्लो देख्न सकिन्थ्यो तर अर्जेन्टिना,पोर्चुगल,जर्मनी,ब्राजिल पहिलो चरणबाटै बाहिरी सकेको हुँदा समर्थकहरु भने आफ्नो वर्ल्डकप सकिएको ठान्दछ्न । वर्ल्डकप सुरु हुन अगावै देखी अनेकौं ट्रोलहरु सामाजिक संजालमा छय्पछ्यप्ती देख्न पाइन्थ्यो । आफु समर्थक टीमको राम्रो र अरु टीमको होच्याएर पोस्ट हुने ती ट्रोलहरु हेर्न लायक थिए । नेपालका विभिन्न ठाँउमा त समर्थकहरुले खेल सुरु अगावै र्‍यालीहरु प्रदर्शन गरेका तस्वीर पनि निकै रोचक थिए । गेम सुरु भएपछिको ट्रोलहरु फेरिन्दै गए । मेस्सीको पेनाल्टी प्रहार गोलमा परिणत नहुदा फेसबूकको वालभरी मेस्सीलाई मिस पेनाल्टीको पगरी सहित बनाइएको ट्रोल देख्न पाइयो । लगत्तै रोनाल्डोले पनि पेनाल्टी प्रहार नगर्दा फेसबूकको वालभरि विभिन्न ट्रोल देखियो । अलिकति छुने बित्तिकै लड्ने नेमारको पनि अनेकौं ट्रोल देख्न पाईयो । बिशेषता पेनाल्टी अपिलको लागी लडेको तस्वीर ट्रोलमा देखिन्छ । देशको भन्दा यहाँ ब्यक्तिको चर्चा धेरै देखियो । यसरी हेर्दा बिश्वकप, देश भन्दा रोनाल्डो,मेसी,नेमार जस्ता ब्यक्तिले खेल्ने खेल हेर्न हेरिएको भान मिल्थ्यो । यसो हुनुको कारण ती खेलाडीहरुको खुबी र प्रतिष्ठित क्लबमा निकै महंगो पारिश्रमिक लिएर खेल्ने भएर पनि हुनसक्छ । यसरी अनेक चर्चा सहित यस बर्षको वर्ल्डकप लगभग सकिने क्रममा छ । पछिल्लो पटकको बिजेता स्पेन, उपबिजेता जर्मनी क्वाटरफाइनल सम्म पनि पुग्न नसक्नुले यसपटकको वर्ल्डकप कसले जित्छ यसै भन्न गाह्रो छ ।

खेल प्रेमीहरु यस खेललाई खेलकै रूपमा हेरिरहेका होलान् तर म भने यो फूटबल खेल र जिन्दगी उस्तै रहेछ भन्नेमा पुगेको छु । बास्तबमा जिन्दगी पनि फूटबल गेम जस्तै एक गेम नै त रहेछ। जिन्दगीको पनि नियम छ। जसरी फूटबल खेलको नियम छ । ब्यक्तिको लागी यो बिश्व, खेल मैदान हो । साधारणतय नब्बे मिनेटको फूटबल जस्तै जिन्दगीको पनि समय सीमा छ । नियममा बाँधिएर आफ्नो समयवधी खेल खेल्न सक्छ । ब्यक्तिले आफु अनुकूल जस्तो खेलेपनि फरक पर्दैन । फरक त्यतिबेला पर्दछ कि ब्यक्तिले आफ्नो अन्तिम समयवधी सम्ममा गोल गर्‍यो कि गरेन ! फूटबल खेलमा झै जिन्दगीमा पनि कहिले कर्नर मिल्छ,कहिले फ्री किक त कहिले थ्रो । ती सबै ब्यक्तिको निम्ति अवसरहरु हुन । यि अवसरहरु सबैमा कहि न कहि मिलेरहेको हुन्छ । कतिले गोलमा परिणात गरिदिन्छ त कतिले खेर फाल्दछ । एउटा अवसर; पेनाल्टी भने कमै ब्यक्तिको जिन्दगीमा मिल्दछ । पेनाल्टीलाई पनि कतिले गोल गर्न सक्दैन जसरी फूटबलमा गोल मिस हुने गर्दछ । मान्छे चुकचुकाउछ जब पेनाल्टी मिस हुन्छ । धेरैजसोले जिन्दगीमा राम्रोसँग जिन्दगीको खेल खेल्न सक्दैनन र जिवनको अन्तिम समय सम्म पछुताउछ्न । हामी सबैलाई उस्तै खाल्का ति मौकाहरु नमिल्लान तर अवसरहरुले ढकढकाई रहेको हुन्छ । कतिलाई गोल गर्ने सु अवसर नमिल्ला तर खुबी भएका ब्यक्तिले हरेक असहजतालाई अवसरमा परिणात गरि सुनौलो गोल गर्न सक्षम हुन्छ्न । ती ब्यक्तिहरु बास्तबमै महान हुन । जसलाई युगले सम्झिरहेको हुन्छ ।

जिन्दगीको खेलमा सधै अवसर मात्रै मिल्दैन । अवसर नपाउदा कति ब्यक्ति गोल बिहीन मैदान बाहिरिन्छन भने कतिपय अवसर सृजना गर्न नसक्दा पनि गोल रहित मैदान छाड्न बाध्य हुन्छ्न । फूटबल जस्तै यो जिन्दगी पनि टीममा पनि खेल्न सकिन्छ । सहि ब्यक्तिको साथ पाए जिन्दगीमा गोल गर्न खासै गाह्रो हुदैन । जिन्दगीमा भनेजस्तो साथ नपाउदा पनि कति अवसर गोलमा परिणात हुदैन। जिन्दगीमा पनि घरीघरी पहेलो कार्ड मिल्ने गर्छ । त्यसको पनि हेक्का राख्नुसक्नु पर्छ । जब जिन्दगीको रेफ्री यमराजले रेड कार्ड देखाइदिन्छ । कुनै अपिल,कुनै बिन्तिको तुक रहदैन । त्यसैले तपाई पनि गोल गर्न हरेकपल सुनौलो अवसर सृजना गर्न लाग्नुहोस । अवसर मिल्ला नमिल्ला तर कोशिस जारी राख्नुहोस । मिलेका अवसरलाई बुद्दिमत ढंगले गोलमा परिणत गर्नुहोस । कति बेला कर्नर,फ्री किक,थ्रो मिल्छ थाहा पाउनुहोस । जिन्दगीमा एक गोल हैन, सय गोल गर्नुहोस । चुनौतीलाई सामना गर्दै अवसरलाई भरपुर सदुपयोग गर्नुहोस। जिन्दगीरुपी खेललाई सार्थक बनाउनुहोस ।

Ask Yourself

Why I am writing ? This is a question for me every time when I write something on any topic. It is important to have goal to do something ot...