जिन्दगी रंगीन छ यसलाई तपाई महशुस गर्नुहोस् या नगर्नुहोस् । तर यसलाई सबैले महशुस गर्न भने सक्दैनन् । किनभने तपाईले जिन्दगीलाई कसरी लिनु भएको छ,त्यसमै भर पर्दछ । प्राय यहाँ दु:खै दु:खको जिन्दगी बाँचिरहेको छु भन्नेको कमि छैन । जसरी प्रकृतिमा विभिन्न रंग देख्न सकिन्छ त्यसै गरि हाम्रो जिवनमा पनि विभिन्न रंगहरु छ्न । सुख,दु:ख,हासो,खुशी,आँसु,पिडा,चोट,दर्द,सफलता,असफलता आदि जिवनका रंगहरु हुन । ब्यक्तिले आफ्नो जिवनलाई कसरी डोर्याउदै छ त्यही नै हो उसको जिन्दगी । सोचेको जस्तो नभैदिँदा जिन्दगीबाट मान्छेहरु निरास हुन्छन् र जिवनका रंग देख्दैनन ।
समय सदैब एकैनासको हुदैन । त्यसै गरि सबैको जिवन पनि एकैनासको छैन । ब्यक्ति अनुसार सबैको आआफ्नो रोजाइ हुन्छ । त्यही रोजाइले मान्छेहरु एक अर्का बिच अलग छ्न । कसैको रोजाइ रातो हुन सक्छ,कसैको सेतो । कसैलाई निलो मनपर्छ भने कसैलाई पहेलो । प्रकृतिको अनुपम सृजना हामी मानव आज अनेकौं स्वर्थको पछाडी दौडिरहदा आफ्नो धर्म नै भुलिसकेका छौ । मानवता भन्ने हराई सकेको छ । को आफ्नो को पराइ कसैको वास्ता छैन । हामीसंग असिम सामर्थ्य हुँदा हुदै पनि आज ब्यक्तिबादी भइदिदा कम्जोर बनेको छौ । प्राय हिजोआज मानवता बिनाको मानिस मात्रै भेटिन्छ्न । कुनै न कुनै किसिमक स्वर्थ राखेर सम्बन्ध राखिन्छ । यहि कारणले गर्दा बास्तबिक जिन्दगी जिउन सकिएको छैन । मानवमा हुने गुणहरु दुर्लभ भइसके । गाउँ बस्तीमा भने केहि मात्रामा अझै मानवताको आभास पाउन सकिन्छ तर शहर बजारमा त्यो पाउनै सकिन्न । सबै कुरा यहाँ बजारीकरण भइसके । दया,माया,करुणा जस्ता भावनाहरु मान्छेको मनबाट हराइ सकेको छ । यति सुन्दर संसार अनि समाजलाई कुरुप पार्ने हामी मानवरुपी दानव बनिसक्यौ ।
समाज,संसार अनि हाम्रो जिन्दगी सुन्दर बनाउने जिम्मा हाम्रै हो । हाम्रो लागी हामी आफैले गर्नुपर्दछ । जिन्दगी जिउन या जिन्दगीमा केहि गर्न एकापसमा मिलेर अघि बढे खासै गार्हो छैन । सिमित स्रोतहरुको उचित परिचालन गरेर सुन्दर भबिस्य निर्माण गर्न सक्छौ । एकतामा शक्ति हुन्छ भन्न्र बुझ्न जरुरी छ । सके एकाअर्कालाई सहयोग गरागर गरौ तर स्वर्थ भावले सम्बन्ध नजोडौ । यसमै छ हामी सबैको भलाई । सकारात्मक बनौ,सहयोगी बनौ । मान्छे भएर बाँचौ ।