Monday, 23 April 2018

मनको आगो

मनमा पनि आगो लाग्ने रहेछ । अदृश्य आगोले भतभती पोल्दो रहेछ । मनमा आगो लगाउन सलाई भने बाल्नु पर्दैन । अनावश्यक सोच,बिचार,कसैको चित्त दुखाईएको छ भने या कसैले चित्त दुखाएको छ भने मनमा थाहै नपाई आगो बल्ने रहेछ । हुनत यो सबैले महशुस गर्न भने नसक्ला । मनमा एक किसिमको बेचैन,उखारमौलो,छट्पटी नै मैले महशुस गरेको मनको आगो हुन । कुनैकुनै बेला त यति उकुसमुकुस हुन्छ कि मनभित्र डढेलो नै गएको छ र शरीर पुरै पसिनाले भिज्न थाल्दछ । जंगलमा लागेको आगोलाई पानीले निभाउन सकिएला तर मनमा लागेको आगो निभाउन त्यति सजिलो छैन । हावाहुरीले जंगलमा आगोलाई फैलाए जस्तै गरि मनमा पनि आगो रुपि बैचैनी,छट्पटी,आत्मगाल्नीहरुले पिरोल्ने गर्छ ।

तपाईहरुले पनि कहिलेकाही त मनमा लागेको आगोको तापलाई महशुस गर्नु भएको होला । बिक्षिप्त बनेको मन अंगार नै त हुदैन तर अंगारै भएको महशुस हुन्छ। भावनाले बनेको यो मनमा आगो लाग्न खासै समय लाग्दैन । चैत बैशाखमा सुकेको पात पतिङ्गारमा आगो लागे जसरी एकैछिनमा लाग्न सक्छ । आगो कति फैलिनेछ यो याकिन गर्न सकिन्न । कति समय सम्म आगोको ज्वालामा जल्नुपर्ने हो यसको पनि कुनै निश्चित समयवाधि हुदैन । केहिछिन,एक घण्टा,एकदिन, पुरै महिना,पुरै साल या सारा जीवन नै यसरी आगोमा जल्नु पर्ने हो था हुन्न । आगो रुपि छट्पटी,बेचैनी बिना को बाँचेको छ होला र यो संसारमा । मात्रा धेर थोर होल तर मनमा आगोको महशुस सबैले गरेकै हुन्छ । जीवन आगोको भुमरी नै हो । यो आगोबाट वचन सके राम्रो नत्र यहि आगोमा सारा जीवन जलेर खरानी हुनेछ ।

जीवनका अनेक मोडहरुमा खालखालका आगोले जलाउने गर्दछ । कहिले अलिअलि जलाउछ त कहिले पुरै । मनमा आगो निभ्न हुदैन पनि त्यहि बलेको आगोले मनलाई उर्जा दिने गर्छ । रापलाई सहने शक्ति,सामर्थ्य पैदा गराउदछ । बिस्तारै सानोतिनो आगोले पोल्दैन । पोलेको महशुस नै गराउदैन । निभ्दै बल्दै गरेको आगो नै हो जिन्दगी । त्यसैले त घरीघरी चैतमासमा थाहै नपाइ जंगलमा आगो लागे सरि मनपनि आगो लागिदिन्छ ।

Ask Yourself

Why I am writing ? This is a question for me every time when I write something on any topic. It is important to have goal to do something ot...