Tuesday, 17 April 2018

यादहरु नै हुन बाँच्ने आधार

जिन्दगीमा अनेकौं घटनाहरु घट्ने गर्दछन। कुनै मिठा,कुनै तिता । हरेक दिन केही न केही भैरहेकै हुन्छ,तर यादगार घटना भने कमै हुने गर्दछन । त्यसैले यादगार घटनाहरु बर्षौ सम्म पनि मनमा ताजै बनि आईरहने गर्दछ्न,जसलाई हामी याद,सम्झना भनेर भन्ने गर्दछौ । कहिले कहि, घटना ठुलो होस या सानो तर याद भने मनमा अमिट रहिरहने गर्दछन। तस्वीर र शब्दमा कैद गर्न नसकिने ती क्षण,पल,घटनाहरु मनमा कैद हुने गर्दछ्न । जसलाई याद,स्मृति भनेर भनिन्छ।

यादहरु अजिबका हुन्छ्न । कुनै यादहरुलाई सम्झिनु पर्दछ भने कुनै आफै मनमा आईदिन्छन । कुनै यादहरु भने अहिले घटेका घटनाहरुले पुनः ताजगी बनाइदिन्छ । बाध्यताले गर्दा पनि जीवनका कति क्षण,पलहरु त यादमै बिताउनु पर्ने हुन्छ्न । यादहरु यस्ता हुन्छ्न जसले बर्तमानलाई समेत प्रभाव पार्ने गर्दछ । मिठा यादहरुले जीवनमा एक किसिमको तरंग पैदा गराईदिन्छ र जीवन अझ रमाइलो हुने गर्दछ भने तिता,नमिठा यादहरुले मनै कुडिने गर्दछ । सगै स्कुल पढेको साथीको याद,एक कप चिया पिलाएको साथीको याद,संगै सिनेमा हेरेका साथीको याद, संगै हाटबजार घुमेको साथीको याद,मेलापात गरेको साथीको याद लगायतका यादहरु मनभरी छ्न । खुशी लाग्छ कि यी यादहरु एकैसाथ आईदिदैनन । धुर्व सत्य नै भनौ हरेक ब्यक्ति मिठा यादहरुमा रमाउने गर्दछ्न ,तिता,नमिठा यादहरुमा दुखी हुने गर्दछ्न । नचाहदा नचाहदै पनि कति यादहरु घरीघरी मनलाई झस्काउन आईरहन्छ्न । लाग्छ मान्छेहरु तिनै यादहरुमा बाचिरहेका हुन्छन । अनि भौगोलिक रुपमा टाढा रहेका,विविध कारणले टाढा भएका साथै सदाका लागि यो संसार छाडेर गएका मान्छेहरु, तिनै यादहरुमा बाँच्ने गर्दछ्न । अतीत जब सम्म यादमा रहन्छ्न तब सम्म सबै ती सबै घटना,पल क्षणहरु बाचिरहन्छ ।

कतिपय यादहरु नआओस जस्तो लाग्छ । बिझाउने खालका यादहरु त झन कहिल्यै नआओस झै लाग्छ तर यादको कुनै सिमा छैन, न त रोक्न नै सकिन्छ। त्यसैले कुनै पनि बेला मनमा आइदिन्छ । यादहरु कोसंग छैनन होलान, जीवनका उकाली ओरालीहरुमा तिनै यादहरुले हसाउँछ,रुवाउँछ मनलाई बहलाई दिन्छ अनि आफू बाँचेको आभास गराउँछ । जीवनको अन्तिम घडी सम्म पनि साथै रहिरहने भनेकै यादहरु हुन ।

Ask Yourself

Why I am writing ? This is a question for me every time when I write something on any topic. It is important to have goal to do something ot...