म छु, तपाई हुनुहुन्छ अनि यहाँ सबथोक छ । म छैन,तपाई हुनुहुन्न भने यी सारा सजिब,निर्जीव बस्तुहरुको पनि कुनै अर्थ छैन । हामी मानव सामाजिक प्राणी भएकै कारण हाम्रो लागि समाज र समाजका लागि हामी अपरिहार्य छौ । जिवनयापन गर्ने क्रममा हामीले यस पृथ्वीमा रहेका सम्पूर्ण उपभोग्य बस्तुलाई आफुअनुकुल उपभोग,प्रयोग गर्ने गर्दछौ । ती बस्तु र हामी बीच अदृश्य सम्बन्ध रहेको हुन्छ । ती बस्तुहरु संग बाँच्नका लागि मात्रै सम्बन्ध हुन्छ,रहन्छ तर हामी मानव मानव बीचको सम्बन्ध भने दैनिक व्यबहार सम्पन्न गर्न र हाम्रो पूरै जिन्दगी बिताउन आवश्यक पर्ने गर्दछ । सम्बन्धहरु विभिन्न खालका हुन्छ्न । तिनै सम्बन्धहरुले हाम्रो जीवनलाई अघि बढाउन सहज,असहज बनाउने गर्दछ्न । जीवनलाई सार्थक,निरर्थक बनाउने कारक तत्त्व पनि सम्बन्धहरु हुन । नेपाली समाजमा केही उखान टुक्का पनि छन कि संगत गुणको फल, उहीँ ड्याङ्को मूला,गोरु बेचेको साइनो आदि यसको अर्थ ब्यक्तिको चरित्र,ब्याक्तित्वलाई सम्बन्धले प्रभाव पार्छ भन्ने बुझिन्छ । त्यही सम्बन्धलाई हिजोआज म पर्खालसंग तुलना गरिरहेको छु । मेरो बुझाई सम्बन्ध र पर्खाल उस्ता उस्तै हुन ।
कुनै सम्बन्धहरु ब्यक्तिले जन्मजात नै लिएर आएको हुन्छ । भनौ जन्मजात नै सम्बन्ध गाँसिएको हुन्छ । भनौ रगतको सम्बन्ध । जस्तो कि आमा,बाबा,दाजु,भाइ,दिदिबहिनी,मामा,माइजू,काका,काकी आदि । जिन्दगीमा यी सम्बन्धहरुको आफ्नै किसिमको महत्त्व छ । यी सम्बन्धहरु जीवनको अन्तिम अवस्था सम्म पनि कायम नै रहन्छ्न । तर यी बाहेकका अन्य सम्बन्धहरु पनि हुन्छ्न । नातागोता,आफन्त बाहेकको सम्बन्धलाई हामी सारमा साथी,मित्र,हितौषीको रुपमा सम्बोधन गर्ने गर्दछौ । यी सम्बन्धहरु जीवनका विभिन्न मोडमा जन्मिन्छ्न । सानो छँदा संगै खेलेको, स्कुल संगै पढेको,कलेज संगै पढेको,यात्रामा चिनजान भएको,साथी मार्फत चिनजान भएको,पिकनिकमा चिनजान भएको,खेल्दा चिनजान भएको,तालिमको क्रममा चिनजान भएको । अन्य सम्बन्ध भन्दा फरक तरिकाले साथीको सम्बन्ध बन्ने गर्दछ । कतिपय सम्बन्ध चिनजान मै सिमित हुन्छन भने कतिपय साथी अनि अझ नजिकको साथी बन्न्र गर्दछ्न । जे जसरी भेटघाट,चिनजान अनि साथी बनेका ती ब्यक्तिहरु संग सम्बन्ध निरन्तर नै रहिरहन्छ भन्ने छैन तर जीवनमा ती सम्बन्धको पनि कहि कतै महत्त्व भने हुनेगर्दछ । जब सम्बन्ध गाढा बन्दै जान्छ तब भने त्यस सम्बन्धले जीवनमा बिशेष महत्त्व राख्दछ । साथीको सम्बन्ध या नातागोता,आफन्तको सम्बन्ध तब मात्रै बिशेष हुनेगर्दछ जब दुबै तर्फबाट एकाअर्कालाई बिशेष मान्न्दछ,ठान्दछ । यसरी सम्बन्धको पर्खाल बिस्तारै चुलिन थाल्दछ । पर्खाल उठ्नलाई जग चाहिन्छ,जग बिना पर्खालको कल्पनै गर्न सकिन्दैन र सम्बन्धमा पनि यहि लागू हुन्छ । पर्खाल मजबुत र अग्लो बन्नलाई ईँटा,सिमेन्ट,बालुवा,मिस्त्रीको जरुरत पर्दछ । सम्बन्धमा पनि ईँटा,सिमेन्ट,बालुवा जस्तै एकाअर्का बीच इमानदार,सद्भाव,प्रेम,बिश्वास,सम्मान आदि आवश्यक छ । पर्खाललाई घामपानी,हावाहुरि आदिले भत्काउन खोज्छ,असर पार्दछ उसैगरी सम्बन्धमा पनि अनेक बाधा बिध्न आउने गर्दछ । यस्तो अवस्थामा दुबै जनाले सम्बन्धलाई टिकाइ राख्न चनाखो हुनुपर्दछ ।
सम्बन्ध गाँस्न खासै गाह्रो छैन । कहिकतै भेटिएको मान्छेसंग आफ्नो परिचय र उसको परिचय लिदै बिस्तारै निकटतम बढाए एक किसिमको सम्बन्ध स्थापित हुन्छ । तर त्यसलाई बिशेष बनाउन भने गाह्रो हुन्छ । सम्बन्धको पर्खाल दिगो बनाउन त्यति सजिलो छैन । हाम्रो जीवनमा अनि हामी आफैले पनि भोगेकै छौ र अरुको देखेको छौ । कुनै समय नङमासुको सम्बन्ध पनि चटक्कै टुटेको छ । बर्षौ टिकेको सम्बन्ध सानो तिनो निउँमा टुट्न सक्छ । सम्बन्धहरु अदृश्य हुन्छ्न तर एकदमै महत्त्वपूर्ण हुन्छ्न । जसले जीवनको हर मोडहरुमा बिशेष भुमिका खेल्दछ ।