अंग्रेजीमा NEWS शब्दले जे कुराको अर्थ दिन्छ त्यस कथनले Global Village लाई बुझाउछ। पत्रकारिताको स्वार्थमूल भनेको Democracy of mass culture (आम सस्कृति ) जोशेफ सुम्पेटको भनाइ अनुसार 'पत्रकारिता बिशिष्ट वैदिक कार्य हो तसर्थ पत्रकारिता व्यवसाय मात्र होइन यसको सम्बन्ध मानविय भावनासँग हुन्छ। यसको क्षेत्र व्यापक छ। सामान्य सीमा र परिधि भित्र राखेर पत्रकारितालाई अर्थ्यौन सकिन्दैन। यसको बिषय धेरै गहन भएकाले ज्ञानका अन्य बिषय जस्तै बर्गीय र कक्षागत ढंगले यस बारेमा दक्षता हासिल गर्न सकिन्दैन।पत्रकारिता भन्नाले सामान्यतया पत्रिका प्रकाशन र सम्पादन भन्ने बुझिन्छ तर पत्रकारिताको वास्तविक परिभाषा वा ठीक अर्थ त्यति नै मात्र होइन रेडियो, टेलिभिजन, समाचारपत्र, सिनेमा, चित्र, मुद्रण, पोस्टर आदि विविध कार्यमा संग्लन प्रत्येक व्यक्तिहरु समविष्ट रुपमा पत्रकारिताको क्षेत्र भित्र पर्दछ।
सम्पादन कार्य बाह्य जगतसंग सम्बन्धित हुन्छ तर सम्पादनले पत्रिका सम्पादन गरेर प्रकाशन गर्न पुर्व यसको व्यवस्थापन पक्ष सक्रिय हुनुपर्छ। त्यसो हुदा News Beat हरुमा काम गर्ने reporter हरु computer operating गर्ने व्यक्तिहरु सहायक सम्पादकहरु Proved Reader, Machine Man, Distribution सडकमा पत्रिका बेच्ने हकरहरु News Stall वालाहरु यी सबै समष्टिगत रुपमा पत्रकार नै ठहरिन्छन् तर गौण गरेर हेर्दा प्रत्यक्ष रुपमा अखबारसंग सम्बन्धित Liner, Stringer, Reporter, Correspondent, Legman, Sub-editor, Editor मात्रलाई पत्रकार भनिन्छ। पत्रकारिता वैयक्तिक कार्य नभएर सामुहिक कार्य भएकोले यसलाई Team-Work हुनुपर्छ। त्यसैले पत्रिकाका प्रकाशक,व्यवस्थापक,वितरणमा संलग्न व्यक्तिहरु सबैको योगदान बराबर महत्वको हुने हुदा यी सबैलाई पत्रकारिताको अंगभित्र लिइन्छ।
आज पत्रकारिता एउटा पेशा मात्र नभएर सर्वसाधारणलाई ज्ञान,विज्ञानको क्षेत्रबारे शिक्षित सु-संस्कृत बनाउने र सांसारिक घटना चक्र सम्बन्धमा सु-सुचित गराउने एउटा साधन पनि भएको छ। संचारका माध्यमबाट लाखौलाख मानिसहरुलाई अत्यन्त सरल ढंगले सु-सुचित वा शिक्षित बनौन सकिन्छ। त्यस्तै आपसी सम्पर्क र आदान प्रदानको निम्ति पनि पत्रकारिता एउटा प्रभाबकारी माध्यम बनेको छ।विचार,भावना र शिक्षालाई आम संचारका माध्यमबाट जनस्तरमा बिश्वब्यापी रुपमा विस्तार गर्न सकिन्छ। त्यसैकारण आजको बिश्वमा पत्रकारितालाई महत्वपूर्ण उपलब्धि मानिएको छ। ज्ञानको र सूचनाको कारण मात्र होइन मनोरन्जन र आनन्दको कारण पनि पत्रकारिता महत्वपूर्ण मानिन्छ। फुर्सदको यो समयमा यसले मनोरन्जन प्रदान गर्दछ। समाचार सम्प्रेषण र प्रकाशनको दायरामा सीमित राखेर पत्रकारितालाई हेर्न मिल्दैन, पेशागत दृष्टिकोणले यो उतरदायित्व पूर्ण हुन्छ। पत्रकारको सानो त्रुटीले पनि समाजमा व्यापक अशान्ति फैलन सक्छ र अबिन्छित संकलन रोग फैलिन सक्छ।
पत्रकारिता मानिससंग प्रत्यक्ष सरोकार राख्ने बिषय हो। यो समाजसंग सम्बन्धित हुन्छ र उतारदायी हुन्छा। त्यस कारण बेलायती पत्रकार डेविड वाइनराइटले भनेका छन् -"पत्रकारिता सूचना र संचार पनि हो, दिनभर एउटा घटनाहरुलाई केही शब्द केही आवाज र केही तस्बीरहरुलाई संकलन गरेपछि संचारका यान्त्रिक विधिको प्रयोग गरेर कहाँ के नयाँ कुरा भइरहेको छ सो जान्ने मानव उत्सुकतालाई सन्तुष्ट पार्ने काम पनि हो।। "
पत्रकारिताले समाजलाई पथप्रदर्शन गर्दछ। चेतना र जागरणको दियो बाल्दछ। जनसेवाको भावनाले बिकासको कार्यमा मद्धत पुरयाउदछ। प्रजातान्त्रिक मूलुकहरुमा व्यवस्थापिका, कार्यपालिका र न्यापलिका पछि पत्रकारिताको नाम आउछ। यी ३ नै अंगहरुलाई पत्रकारिताले खबरदारी गर्दछ। गलत काम हुन दिदैन त्यसैले पत्रकारितालाई राज्य व्यवस्थाको चौथो अंग मानिन्छ। पत्रकारिताको समाजसंग सोझो ढंगले सम्बन्ध कायम भएको हुन्छ। समाजको मात्र नभएर सरकारको समाजसंगको सरोकारलाई पनि यसले प्राप्त गुण दोषको आधारमा केलाउने भएकाले यो एउटा कसीको यन्त्र पनि हो।