Tuesday, 17 April 2018

मैले किन लेखिरहेको छु ?

हिजोआज म मनका उकुसमुकुसलाई शब्दमा उतार्न कोशिस गरिरहेको छु । हरेकदिन अनेकौं कुराहरु मनमा खेलिरहन्छन,त्यसैले ती सबै कुराहरु सिलसिलाबद्ध रुपमा यो ब्लगमा लेखिरहेको छु । जब म केहि लेखूँ भनी सुरुवात गर्छु तब एक्कासी मनमा अनेकौं कुराहरु थुप्रिन थाल्छ्न । म कुनै एक विषयमा लेख्न चाहन्छु तर अनेक कुरा मनमा खेल्न थालेपछि म कुनै विषयमा लेख्नै सकिरहेको छैन । लेख्नलाई धेरै विषयबस्तु भेट्छु तर यहि विषयमा लेखु भनेर जब सुरु गर्छु तर दुई लाइन लेखेपछि रोकिन्छु । कति राम्रा अनि महत्त्वपूर्ण विषय भेटेपनि निरन्तर शव्दहरुमा त्यस विषयलाई लेख्दै अगाडि बढाउन सक्दिन । हुनत लेखन पनि एक किसिमको कला नै हो, यसलाई निखार्न निरन्तर अरु लेखकहरुले लेखेका लेखको अध्ययन र लेखनको अभ्यास जरुरी छ । त्यसले पनि म हिजोआज निरन्तर अध्ययन र लेखनमा ब्यस्त छु ।

एउटा राम्रो लेखक बन्न कुनै बिश्वविद्यालयमा भर्ना नै हुनुपर्छ भन्ने छैन । तर बिश्वबिद्यालयको शिक्षाले लेखनका सैद्धान्तिक र आधारभुत नियमहरुको ज्ञान भने राम्रोसंग प्रदान गर्दछ । त्यसैले लेखकसंग बिश्वबिद्यालयको ज्ञान पनि भए अझ सूनमा सुगन्ध हुन्छ यो मेरो ठम्याई हो । मैले पनि लेखन सम्बन्धि विभिन्न तालिमहरु लिएको छु, तालिमको बखत विभिन्न विषयमा लेखेको पनि थिए तर ती सबै तालिम सकिए संगै लेखन कार्य पनि सकिए । तर कसै कसैसँग भने जन्मजात नै लेख्न सक्ने कला हुनसक्छ । मसंग चै त्यस्तो जन्मजात लेखनकला छैन जस्तो लाग्छ त्यसैले निरन्तर अभ्यास गरिरहेको छु । मलाई बिश्वास छ, लेख्दै जाँदा मेरो लेखाइमा सुधार आउनेछ । मैले हरेक दिन विभिन्न लेखकका लेखहरु पढी नै रहेको छु । नेपालका धेरै लेखकहरु मलाई मन पर्छन । जसमध्य नयनराज पाण्डे,बिजयकुमार पाण्डे, डा. तारानाथ शर्मा,लक्ष्मीप्रसाद देबकोटा,ध्रुवचन्द्र गौतम,भैरब अर्याल,रामलाल जोशी(ऎना कथासंग्रह, कथाकार) सरु भक्त,कृष्ण धाराबासी,नारायण वाग्ले,राजन मुकारुङ,अमर न्यौपाने,बुद्धिसागर,जगदीश घिमिरे,झमक घिमिरे,उपेन्द्र सुब्बा आदि । मलाई यी लेखकहरु विशेष लाग्दछ्न ।

अबका दिनहरु यस्तै लेखहरु लेख्दै पोस्ट गर्ने सोचमा छु। यी लेखहरुबाट तपाईले खासै के पनि पाउनु हुन्न होला तर तपाईले यश लेखहरुमा अनेकौं गल्तीहरु भेट्याएर आफ्नो लेखनकार्यलाई सुधार्न सक्नु हुनेछ भन्ने बिश्वास लिएको छु । मेरो लेखाईमा बिस्तारै गुणस्तर आउनेछ,त्यसपछि भने तपाई पनि मेरो नियमित पाठक बन्नु हुनेछ । हाहाहा.... ल है त आजलाई यति ।

Ask Yourself

Why I am writing ? This is a question for me every time when I write something on any topic. It is important to have goal to do something ot...