Tuesday, 17 April 2018

परिवर्तनका नयाँ पाइलाहरु

समय गतिशील छ । म गतिशील नभए पनि समयले मलाई गतिशील बनाई छोड्ने रहेछ । हिजोआज मलाई यी कुरा महशुस भइरहेको छ । म आफुलाई स्थिर राख्न चाहन्छु । हिजो जस्तो थिए, आज र भोलि पनि म त्यस्तै रहिरहन मन छ । मेरो बोलचाली, लवाई खुवाई, साथी, आफन्त,सहमित्रहरु संग पनि उहीँ पहिलाको जस्तै व्यबहार गरु लाग्छ तर समय बित्दै जाँदा त्यसो नहुने रहेछ । समयसंगै बद्लिदै अघि बढ्नु पर्ने रहेछ । भट्टीमा बसेर चिया पिउन खोज्नु बास्तबमा गलत रहेछ । जो जस्तो छ,सोही अनुसार व्यबहार पनि गर्दै जानूपर्ने रहेछ ।

जीवनको यो यात्रामा भेटिने अनेक खालका ब्यक्तिसंग अनेक चरित्र निर्वाह गर्न सक्नु, को कस्तो खालको साथी हो चिन्न सक्नु पनि एक किसिमको कला नै रहेछ । जुन समयले नै मलाई सिकाउने रहेछ । यदि यो कला सिकिन र सिक्न चाहिन भने मेरो महत्त्व,मेरो अस्तित्व नै खतरामा पर्ने रहेछ । यहाँ धेरै मान्छे स्वार्थमा सम्बन्ध गाँस्दा रहेछ्न । जसलाई मैले चिन्नै पर्छ । कतिपय मान्छे त कुल्चेरै अघि बढ्न खोज्दा रहेछ्न । आशा भरोसा अनि बिश्वास जस्ता कुराहरु हराउँदै गएको महशुस गरिरहेको छु । मलाई लाग्छ जब सम्म ब्यक्तिले मानवीय गुण भुल्छ तब सम्म यस्तै कार्य गरिरहन्छ । आफू भित्रको अहंकारले गर्दा पनि अरुको भलाई चाहदैन रहेछ मान्छे । मै मात्रै खाउ,मै मात्रै लाउ,मै सुखी रहुँ,मै मोज गरु जस्तो भावना मनमा पालिरहदो रहेछ मान्छे । भन्नलाई जेसुकै भनेपनि भोलिको जिन्दगी भन्दा आजको जिन्दगी जिउन चाहदोरहेछ मान्छे । संगत गर्दै जाँदा मान्छेका अनेकौं रुपहरु समयसंगै देखिने रहेछ ।

मैले आज सम्ममा धेरै ब्यक्तिलाई भेटेको छु । धेरैसंग विभिन्न साइनो गांस्दै नजिक पनि भएको छु । ती सम्बन्धहरुमा को कस्तो खालको ब्यक्ति थिए मैले खासै ध्यान दिइन,किनभने जस्तो अवस्थामा भेट हुन्थ्यो त्यही अवस्थामा ती छुटिन्थे । सम्बन्धहरु क्षणिक लाग्थ्यो । तर मैले ती सम्पर्कमा आएका ब्यक्तिहरुबाट छोटो समयमा धेरै कुरा सिक्न पाए । म भित्रको म लाई खोज्ने मौका पाए । म हुनुको अर्थ खोज्न बाध्य बने । यहि त रहेछ समय,जसले केही नगर्दा पनि सिकाउने रहेछ । म झस्किन्छु घरीघरी किनभने कतिपय सम्बन्ध,साथीहरू जीवनका यस्तो मोडमा भेटिएका थिए,जसले गर्दा म अहिले यहाँ छु । ती ब्यक्तिहरु प्रति म सदा आभार व्यक्त गर्न चाहन्छु । तिनै ब्यक्तिहरुले मलाई जिन्दगी जिउन सिकाए अनि गए । जिन्दगीको बाटोहरु पहिल्याउन सिकाए । अझै बाकी छ जिन्दगी र आशा राख्छु कि मलाई फेरि यस्ता महत्त्वपूर्ण ब्यक्तिहरु पुनः भेट्न पाउ ।

र अब म समय सगै बिस्तारै बिस्तारै परिवर्तन हुँदै जानुछ । समयको गतिलाई पछ्याउनु छ । म जति पछाडि छु त्यति नै अगाडि जानुछ । कतिपय कुराहरु नचाहेरै छेउ नपर्दा रहेछ्न । त्यसैले अब भने केही हिम्मत गर्नुछु । असम्भव र सक्दिन भन्ने सोचमा परिवर्तन ल्याउनु छ । आजैबाट म मेरो सोचाइलाई फराकिलो र परिवर्तन गर्नेछु ।

Ask Yourself

Why I am writing ? This is a question for me every time when I write something on any topic. It is important to have goal to do something ot...