Tuesday, 17 April 2018

जिन्दगी, बन्दा खाम

जिन्दगी एउटा बन्द खाम भित्र लेखिएको पत्र हो । जहाँ जीवनका गम्भीर रहस्यहरु लेखिएका छ्न । बन्द भएरै होला सायद जो कोहिले यो खोल्दैनन् र खोल्न चाहदैनन् । आफ्ना बिगत,बर्तमान र भबिस्यलाई बुझ्न चाहनेहरुले भने हरेक क्षण खोलेर पढिरहन्छ्न । बन्द खामभित्र लेखिएका शब्दहरु अस्पष्ट र किलिस्ट पनि पक्कै छैनन् र पनि धेरै जसोले खोल्न चाहदैनौ । हामीमा एक किसिमको भय छ र नै हामी जिन्दगीको त्यो पत्र खोलेर पढ्ने हिम्मत गर्दैनौ । जिन्दगी जिउने क्रममा अनेकौं बाधा अड्चनहरु आउने गर्दछ्न अनि सोचे जस्तो र सजिलो पनि छैन। घरीघरी त लाग्छ कि यस्तो पनि के जिन्दगी ? हामीलाई थाहा छ,समस्या संगै समाधान पनि छ तर आतिन्छौ, हतास हुन्छौ । निराश कै बादलले जहिल्यै पनि घेरिरहे झै लाग्छ। बास्तबमा एकचोटी मात्रै राम्रो संग घोत्लिने हो भने जिन्दगी कति सरल र सहज छ । जसले बुझेको छ जिन्दगी उसैले मज्जा लिइरहेको छ ।

प्रायः हामी अरुको जिन्दगी देख्छौ र पढ्छौ । अनि आफ्नो जिन्दगीसंग तुलना गर्छौ । हामी कागले कान लग्यो भनेर कागको पछि लाग्छौ तर कहिले पनि आफ्नो कान छाम्ने चेष्ट गर्दैनौ । एकचोटी आफुले आफैलाई नियालेर हेरे पक्कै पाउने छौ सबै समस्याहरुको समाधान अनि जिउनुको मज्जा । बास्तबमा हामी ईश्वरको अनुपम र सुन्दर सृष्टि हौ ।अन्य प्राणिहरु भन्दा हामी कयौं गुण क्षमतावान छौ । हामी मात्रै यस्तो प्राणी हौ कि हामी देखेर,सुनेर,स्पर्श गरेर सोही अनुरुप प्रतिक्रिया व्यक्त गर्न सक्दछौ । यो जिन्दगी साच्चै अमुल्य छ । विभिन्न रोग ब्याधीबाट वच्न औषधिको बिकास गरेका छौ । हुनत जिन्दगीलाई मृत्युबाट बचाउन त सकिन्दैन तर मृत्युलाई केही पर सार्न भने सक्छौ । आजको प्रबिधि र बिकासले ।

यति सुन्दर जिन्दगी अनि सिमित समयमा हामीले धेरै थोक गर्नुछ तर घरीघरी हामी आफ्नो जिन्दगीरुपी खाम खोल्न छाडेर अरुको खोल्न खोज्छौ । सकेजति खोल्छौ र पढिदिन्छौ। राम्रो कुरा लुकाउछौ,नराम्रा जति सबैलाई बाँड्न पनि पछि पर्दैनौ । काल खण्ड बद्लिएर होला सायद हामीले सोच्ने र गर्ने व्यबहार पनि बद्लिएको ।

पाषण युगबाट अहिलेको आधुनिक युग सम्म आईपुग्न कयौं समय खर्चिसकिएका छौ । जिन्दगीलाई सुविधा सम्पन्न बनाउने क्रममा अनेकन प्रयोग र प्रबिधिको बिकास भएका छ्न तर प्रबिधिको बिकास, साधन स्रोतको उच्च प्रयोगले सुबिधा भन्द पनि झन जटिलता तर्फ गइरहेको छ जिन्दगी । यति हुदाहुदै पनि जिन्दगीको त्यो बन्द खामलाई खोलेर हेर्ने साहस गर्नेहरुले जिन्दगीलाई आफू अनुकूल डोर्‍याउन सफल छ्न । ती महापुरुषहरु जिन्दगीको एउटा सिमित समय अवधिलाई भरपुर सदुपयोग गरि भोलिका पुस्तालाई भनेर धेरै योगदान दिएर बिदा भएका छ्न । आफ्ना अनुभव अनि क्षमतालाई सम्झना लायक बनाएर कहिले नफर्किने बाटोबाट टाढिएका छ्न ।

जिन्दगीको कुनै प्रयोजन पक्कै छ,जसलाई हामीले समयमै चिन्न सक्नु पर्दछ। बन्द खामलाई एकचोटी खोल्ने दुस्साहस गर्नै पर्दछ । खोलेपछी थाहा हुनेछ जिन्दगीको प्रयोजन । सोही अनुरुप आफुलाई समर्पित गर्न सके जिन्दगी सार्थक हुनेछ,बन्नेछ। आखिर खाली हात आएका हौ एकदिन खाली नै जानू छ । आखिर मरेर लानु के नै छ र, दिएर जानू त धेरै नै छ नि ।

Ask Yourself

Why I am writing ? This is a question for me every time when I write something on any topic. It is important to have goal to do something ot...