Tuesday, 17 April 2018

घडी

सानो छँदाका अनेक रहर मध्ये एउटा रहर हातमा घडी बाँध्ने थियो । आफू भन्दा ठुला बडाले हातमा घडी बाँधेको देख्दा मलाई पनि त्यसरी नै आफ्नो हातमा घडि बाँध्न मन लाग्थ्यो । स्कुल जाने समय,मेलापातबाट फर्कन,घाँस दाउरा गएर फर्कदा अनि कसैले कति बज्यो भनेर सोधे हात अलिकति घुमाएर सोध्ने मान्छेलाई समय बताउदा, समय बताउने मान्छेको मुहारमा एक किसिमको मज्जा देख्थे । मलाई थाहा त्यही रहर पूरा गर्न कहिलेकाही स्कुलमा सरको रातो बलपेनले नाडिमा घडिको चित्र कोरि मागेर चित्त बुझाउने गरिन्थ्यो । मलाई मात्रै नभएर मेरा साथीहरूलाई पनि घडी लगाउने खुब रहर हुन्थ्यो । जब हाम्रो हातमा सरले घडिको चित्र बनाइदिनु हुन्थ्यो तब हामीमा खुशीको असिम बर्षा हुने गर्थ्यो । कसैको घडिमा १ बजेको हुन्थ्यो त कसैको मा ३ कसैकोमा १२ बजिरहेको हुन्थ्यो । हामीलाई त्यसको कुनै मतलब हुदैनथ्यो । बालपनमा नाडिमा घडी बाँध्ने रहर यसरी नै पूरा गरेको थिए ।

समय बित्दै गयो । बिस्तारै ठुलो हुँदै गए, घडी बाँध्ने त्यो रहर जिवितै थियो । त्यो रहर कस्ले बुझ्ने ! हुनत घडीलाई आफ्नो नाडिमा बाँधेर समयलाई पनि बाँधेर राख्न सकिन्न । दिन र रातलाई हिसाब गरेर बनाइएको घडी ब्याट्री सकेर,बिग्रेर नचल्न सक्छ तर समय त निरन्तर चलिरहन्छ । समयको आफ्नै गति छ। यो छिटो पनि चल्दैन अनि ढिलो पनि चल्दैन । के धनी के गरीब सबैको समय एउटै हो। बालक,युवा र वृद्धको पनि समय एउटै हो । एक दिनमा २४ घण्टा हुन्छ र त्यही २४ घण्टाको समयमा आफ्ना दैनिकी पूरा गर्नुपर्ने हुन्छ । समयको यो पाबन्दिलाई नजरअन्दाज गर्नै मिल्दैन । हामी समयको दास नै त हौ । समयले नै हामीलाई राम्रो नराम्रो उपलब्धिहरु दिन्छ । तर ती उपलब्धि या प्राप्ति चै हाम्रो कर्ममा भर पर्छ ।

निक्कै पछि मलाई बाबाले घडी ल्याइदिनु भएको थियो । त्यो घडी लगाउन पाउँदा मलाई धेरै खुशी महशुस भएको थियो । त्यसपछी भने मैले विभिन्न खालका घडी लगाए । अहिले बुझ्दा चिमचिम घडी भनेर भनेका घडी डिजिटल घडी थिएछ भने अटोमेटिक र 12 बजे चाबी घुमाउएर लगाउने घडी भने एनलक घडी थिएछ्न ।अहिले त मलाई खासै घडीको रहर पनि छैन र लगाएको पनि छैन । मोबाइल बोक्न थालेपछि भने घडी लगाउनको कुनै आवश्यकता पनि रहेन ।

Ask Yourself

Why I am writing ? This is a question for me every time when I write something on any topic. It is important to have goal to do something ot...