Tuesday, 17 April 2018

म कहिल्यै कवि बन्न सकिन ।

मलाई थाहा छैन, कहिलेबाट कापी र पेन्सिलले मसंग नजर जुधाउन थाले । मैले सुने अनुसार जब म चार बर्ष पुगेको थिए, सोही सालको बसन्त पन्चमीको दिनदेखि अक्षर लेखन शुभारम्भ गरेको थिए रे । मलाई अक्षर चिनाउने काम मेरै बाबाले गर्नु भएको थियो रे । त्यसपछि मलाई बिधालय भर्ना गराउनु भएको थियो रे । म सुरु सुरुमा बिधालय जान खुब डराउथे रे । जब आमा मलाई बिधालय पठाउन तयारी गर्नु हुन्थ्यो, म टाढा टाढा भागेर लुकेर बस्ने गर्थे रे । मलाई मनपर्ने खाजा,खेलौना बिना म बिधालय जानै मान्दिन थिए रे । बिस्तारै बिधालय जाने बानी पर्दै गए पछि भने घरमा भन्दा बिधालयमा धेरै समय बिताउन रहर गर्थे रे । जब म नियमित बिधालय जान थाले, त्यसपछि भने म नियमित रूपमा बिद्यालय जाने गर्दथे । स्कुलले जीवनमा कहिल्यै दोश्रो हुनु परेन । बिधालयको हरेक क्रियाकलापमा मेरो राम्रै उपस्थिति हुने गर्थ्यो । बेला बेलामा बिधालयमा विभिन्न प्रतियोगिता हुने गर्थ्यो, म सके सम्म सबै प्रतियोगितामा भाग लिने गर्थेमेरो मुख्य रुचि भने चित्रकलामा थियो । तर वाद-विवाद,कविता लेखन, कथा लेखनहरुमा पनि मेरो उत्साहजनक सहभागी हुने गर्थे । मलाई याद छ, म एकचोटि कविता लेखन प्रतियोगितामा प्रथम भएको थिए । जब म कविता लेखन प्रतियोगितामा प्रथम भए,त्यसपछि खै के भो मलाई एक्कासि कवि बन्ने भुतले सताउन थाल्यो । 


म कवि भुपी,लेखनाथ,देबकोटा जस्ता महान कवि बनेर आफ्नो नाम अमर बनाउने सपना बुन्न थाले । मैले सुनेको थिए "जहाँ पुग्दैन रबि, त्यहाँ पुग्छ कवि" यो प्रेरणादायी एक वाक्यले मलाई कवि बन्न घच-घचाउन थाल्यो । मैले विभिन्न शिर्षकमा निकै कविताहरु लेखेको थिए । अर्को कुरा मैले लेखेको कविता कविता नै हुन्थ्यो कि हुदैनथ्यो मलाई नै थाहा हुदैनथ्यो । तर म नाम भने कविता नै दिने गर्थे अनि लेखिरहन्थे । मनमा जब कुनै विचार तरङित हुन्थ्यो तब म कविता मार्फत व्यक्त गरिहाल्थे । देशमा बिकृत्ती बिसङती,भ्रष्टाचार,कुसंस्कारको बिरोध गर्न क्रान्तिकारी भावको व्यंग्यात्मक कविता लेख्ने गर्थे । कहिले कहि मायाप्रेमका कविता पनि लेख्ने गर्थे । मेरो कविताले आम मानिसमा कतिको प्रभाव पार्थ्यो,पार्दैनथ्यौ मलाई थाहा थिएन म भने कविता मार्फत आफ्नो विचारलाई व्यक्त गरिरहन्थे । मैले लेखेका कति कविताहरु जबर्जस्त खालको हुन्थे, त्यसैले होला घरीघरी नजिकका साथीहरुले काँटछाँट गर्ने सल्लाह दिने गर्थे तर मलाई भने मेरो शब्द शैली ठिकै र सहि लाग्थ्यो । बिधालय तहको अध्ययन पश्चात उच्च शिक्षा पढ्ने क्रममा पनि मैले धेरै कविता लेखेको थिए । म विभिन्न स्थानीय तथा राष्ट्रिय स्तरको पत्र पत्रिका अनि रेडियो कार्यक्रमहरुमा आफ्ना रचना पठाउने गर्थे । जब छापिन्थे, प्रसारण हुन्थे म औधि खुशी हुन्थे । मलाई याद छ, एकचोटी गाउँमा गाउँकै क्लबले भानु जयन्तीको अवसरमा कविता लेखन तथा बाचन प्रतियोगिता आयोजना गरेको थियो । यो मेरो लागि सुनौलो अवसर पनि थियो । मैले पनि उक्त कार्यक्रममा आफुलाई सहभागी गराएको थिए । मैले लेखेको कविताले पक्कै कुनै स्थान लिन्छ भन्ने बिश्वास थियो तर अफसोच कुनै स्थान प्राप्त गर्न सकेन, केवल सान्त्वना पुरस्कारमा चित्त बुझाउनु परेको थियो । मैले यस्ता धेरै प्रतियोगितामा भाग लिए तर कुनै प्रतियोगितामा प्रथम हुन सकिन । तर पनि विभिन्न प्रतियोगिताहरुमा भाग लिई रहे । मैले रेडियोमा प्रसारण हुने साहित्यिक कार्यक्रम, विभिन्न साहित्यिक गोष्ठी तथा प्रतियोगितात्मक कार्यक्रम सुन्न र सहभागी हुन कहिले छुटाइन । धेरै कविता लेखे र पनि मेरो लेखाईमा कुनै सुधार भएन । 


मेरो एउटै सपना भनेको महान कवि हुनु थियो त्यसैले कविता लेखिरहे । मैले एकचोटी कविता लेख्नै भनेर एउटा ठुलो डायरी किनेको थिए । जहाँ मैले मेरो सबै कवितालाई संगालेर राखेको थिए । जब कुनै साथी मेरो कोठामा कुनै काम विशेषले भेट्न आउँदा म आफ्नो कविता सुनाउने गर्थे । मेरो लेखन प्रतिको यो लगाव देखेर मलाई नजिकका साथीहरु कविता संग्रह प्रकाशित गर्न प्रेरित गर्ने गर्थे । मलाई पनि कताकता एउटा संग्रहको रुपमा निकाल्न सोच आउन थाल्यो । मेरा कविताहरुलाई आकार दिन म आतुर हुन थाले । कुनै प्रतियोगितामा प्रथम नभए पनि म संग सान्त्वना सम्म प्राप्त धेरै कविता थिए । दुर्भाग्य, एकदिन मेरो महान कवि बन्ने सपना सहितको मेरो डायरी प्रकाशन गृहले प्रकाशन गर्न आनाकानी गरेको हुनाले धेरै पल्ट आवतजावत गर्ने क्रममा कहाँ खस्यो थाहै भएन । महान कवि बन्ने मेरो सारा सपना चकनाचुर भयो । म झन्डै बेहोश जस्तै बनेको थिए । त्यसपछि बिस्तारै मलाई कविता लेख्न मन लाग्न छाड्यो । मेरो सानै देखिको सपना अधुरो नै रह्यो । कुनै कविता संग्रह नै प्रकाशित गरिन , न त कुनै पत्रपत्रिकाले मेरो बारेमा लेख, अन्तरबार्ता नै छाप्यो । मेरो सम्पुर्ण प्रयास बालुवामा पानी सरह बन्यो । मलाई आफै महशुस भयो कि "म कहिल्यै कवि बन्न सकिन ।"

Ask Yourself

Why I am writing ? This is a question for me every time when I write something on any topic. It is important to have goal to do something ot...