Tuesday, 17 April 2018

मज्जाको संसार, फेसबूकको संसार

फेसबूकमा नभेटिने मान्छे सायद कमै होलान । मोबाइल चलाउने प्रायः सबैसँग फेसबूक परिचित छ । के गाउँ, के शहर सबै तिर फेसबूक चलाउने उत्तिकै छ्न । फेसबूकले संसारलाई यसरी बाधेको छ कि अब फेसबूक बिनाको जीवनशैली नै अधुरो जस्तै भइसकेको छ । फेसबूकले मानिसको जीवनशैलीलाई नै परिवर्तन गरिदिएको छ । त्यसैले हरेक दिनको दैनिकी फेसबूकबाटै सुरु हुने गर्दछ ।

हिजोआज हरेकको दैनिकी बिहान उठ्ने बित्तिकै शुभप्रभात स्टेटसबाट सुरु हुन्छ । त्यही स्टेटसलाई लाइक र कमेण्ट गर्दै अघि बढ्छ दिन । चियापान, अफिस जाने समय अनि अफिसको समयमा अफिसबाटै फेसबूक अपडेट गर्दै दिन बित्छ र राती सुत्ने बेलाको शुभरात्री स्टेटस सम्म फेसबूक चल्छ । यस बिचमा साथीहरुको स्टेटस अनि फोटोहरुमा लाइक र कमेन्ट पनि गर्न भ्याइनभ्याई हुन्छ । मान्छेहरु ब्यस्त समयको बाबजुद पनि फेसबूकमा झल्याक झुलुक झुल्किएकै हुन्छन । फेसबूक प्रति यति धेरै क्रेजि हुनुमा फेसबूकको फिचार्स नै मुख्य कारक मान्न सकिन्छ । चलाउन सहज अनि हरेक बिषयबस्तु फेसबूकमा भेटिनु,सेयर गर्न सक्नु पनि फेसबूकको आकर्षक पक्ष हुन । फेसबूकले गर्दा कहिकतै घुम्न जाँदा या कुनै कार्यक्रममा सहभागी हुँदाको त्यो पललाई फोटोमा उतारेर आफ्ना फ्रेण्डलिस्टमा भएका सबैलाई बाड्न अनि जानकारी गराउन सजिलो माध्यम बनेको छ । अहिले त झन लाइभ भिडियो मार्फत सिधै सम्पूर्ण दृश्यहरु फेसबूक मार्फत प्रशारण गर्न पनि निकै सजिलो छ ।

ईन्टरनेटको यो दुनियाँमा फेसबूक मात्र नभएर अरु पनि धेरै सामाजिक संजालहरु छन तर पनि फेसबूक नै सबैको लागि प्रिय बनेको छ । विभिन्न कम्पनीहरुले आफ्ना सामानहरु फेसबूक मार्फत नै बिक्री बितरण गर्ने चलन पनि सुरु भइसकेको छ । फेसबूक मार्फत सजिलो अनि सस्तोमा बिज्ञापन र बेचबिखन गर्न विभिन्न कम्पनीहरु लालयित छ्न । फेसबूकमा के सेयर भएको छैन ? तपाईको रुचिलाई आधार मानेर तपाइको वालमा साथी देखाइदिन्छ । जब एकजना साथी तपाईसंग जोडिन आउँछ तब तपाई फेसबूकको दुनियाँमा जोडिन पुग्नु हुन्छ । तपाईलाई मनपर्ने ब्यक्ति जब देखि मैले पनि फेसबूक चलाउन थाले तब देखि आज सम्म चलाई नै राखेको छु । घरीघरी नचलौ कि जस्तो लागेर बन्द गर्न खोज्छु तर फेरि मनले मान्दैन । कहिलेकाही त यस्तो लाग्छ कि फेसबूक चलाउनु भनेको समयको बर्बाद गर्नु हो । यदि फुर्सद छ भने फेसबूक समय कटाउन सजिलो माध्यम हो । तर फेरी विभिन्न ब्यक्तिहरुको बिचार पढ्न र उनीहरुको दैनिकी के कसरी बितिरहेको छ भनेर थाहा पाउन मन लाग्छ अनि फेरि फेसबूक लग इन गर्छु ।

हुनत हरेक चिज,बस्तुको राम्रो र नराम्रो पक्ष हुन्छ । त्यसो भएको हुनाले फेसबूकको पनि राम्रो नराम्रो दुबै पक्ष छन । राम्रो पक्षलाई लिन सके यसबाट धेरै फाइदा लिन सकिन्छ भन्ने मेरो मान्यता रहेको छ । फेसबूकमा तपाई पनि आजै जोडिनुहोस अनि भर्चुअल संसारमा रमाउनुहोस । आफ्ना बिचार निर्धक्क व्यक्त गर्नुहोस ।

Ask Yourself

Why I am writing ? This is a question for me every time when I write something on any topic. It is important to have goal to do something ot...