यहाँ बुद्ध अनि गान्धीको बिचारलाई पाइतलामा कुल्चेर अघि बढेका छ्न मान्छेहरु । मुखमा जतिसुकै बुद्ध अनि गान्धीवादलाई पुकारे पनि व्यबहारमा अब त्यो पाउन गाह्रो छ । आफू बाहेक अरुको वास्त गर्ने फुर्सद कहाँ छ र यहाँ । आफू भलो त जगत भलो भन्ने दिन पनि गएछ । जतिसुकै दानवीर,अरुको हीतमा जीवन नै किन समर्पण नगरुँ तर त्यसको महत्त्व लगभग सकिएको छ । जब कुनै ब्यक्तिले आफुलाई समाजको लागि भनेर दिलो ज्यान दिएर खटे पनि उसको खुट्टा तान्नेहरुको कमि छैन यहाँ ।
अब कसैलाई गुण लगाएर पनि काम छैन । पाप अनि धर्मको पनि यहाँ कुनै मत्लब छैन । छिटो भन्दा छिटो धनी बन्ने दाउमा यहाँ पाप,कुकर्म जे पनि गर्न पछि हटेका छैन मान्छेहरु । हिजोको दिनमा कसैको मन दुखाउनु पनि पाप सरह मान्ने गरिन्थ्यो तर हिजोआज यस्ता कुरा दैनिकी जस्तै छ । बास्तबमा मान्छेको मन बुझाउन नसकिने रहेछ ।