Tuesday, 17 April 2018

मानव र पशु

हामी मानव समुदयमा बसे तपनि हाम्रा आनीबानी,चालचलन भने हाम्रै वरिपरि रहेका प्राणीहरुबाटै प्रभावित हुने रहेछन। त्यसैले होला हिजोआज मेरो नजरमा सबै मान्छे पशुपन्छी,प्राणी जस्तै देख्छु । सत्ययुग,द्वपारयुग,त्रेतायुग हुँदै कलियुग फेरिए जस्तै ब्यक्तिलाई हेर्ने मेरो नजर पूर्ण रूपमा बद्लिएको छ । म हिजोआज साथीभाइ,आफन्त,परिचित,अपरिचित सबैलाई पशुपन्छी,प्राणि जस्तै देख्छु । सायद मलाई दृष्टिभ्रम हुन सक्छ तर मेरो नजरमा सामाजिक प्राणी भनिएका मानव सबैलाई पशु जस्तै देखिरहेको छु ।

समयको अन्तरलमा विभिन्न खालका ब्यक्तिहरुसंग उठबस गर्ने मौका पाएको छु । वरिष्ठ देखि कनिष्ठ सम्मको निकटतम हुने सञ्जोक मिलेको छ । मैले जस्तै तपाईले पनि महशुस भने गर्नु भएकै होला । मान्छेहरुको हाउभाउ,जिउडाल,हिड्ने शैली,खाने शैली,बोल्ने शैली अनि अरुसंग गर्ने व्यबहार । हाम्रा वरिपरि धेरै खालका पशुपन्छी, म तिनैको नक्कल मान्छेमा पाउछु । कुनै मान्छेको व्यबहार बिरालो जस्तै हुन्छ्न । जहिल्यै म्याउ म्याउ गर्ने । कुनै कुकुर जस्ता । सानोतिनो बिषयमा पनि झर्किने,अरु माथी खाउला झै व्यबहार गर्ने । कुनै स्याल जस्तै धुर्त । कुनै गाई जस्तै मायालु । कुनै हान्ने गोरु जस्ता बोल्न त के हेर्दै डरलाग्दो । कुनै बाख्राका पाठा जस्तै, फुत्रुक फुत्रुक गरि रहने कहिल्यै एक ठाँउमा बस्नै नसक्ने । मान्छेको खाने,सुत्ने,हिड्ने,बोल्ने शैली पनि तिनै पशुपन्छी कै जस्ता हुन्छ्न । कसैको खाने तरिका सुंगुरको जस्तै र सुताई पनि सुंगुरको जस्तै हुन्छ । जे पनि चुपचाप खाईदिने अनि मस्तले सुतिदिने,सुंगुरे खुवाई,सुताई । कोहि भने कुखुराले चारो खोतालेर खाए जस्तै गरि मिठो मिठो मात्रै खाने या थोरै मात्र खाने । कोहि भने बाख्राले जस्तै खाई रहने हुन्छ्न । कसैको हिडाई हात्तीको जस्तो लमक लमक,कसैको घोडाको जस्तै ठमक ठमक । कसैको बोली कागको जस्तै खस्रो,कसैको कोइलीको जस्तै मधुर अनि सुनिरहुँ लाग्ने ।

पशुसंग यस्ता अनेकौं स्वाभव मिलेको देख्दा मान्छेलाई पनि म पशु झै देख्न थालेको छु । यति मात्र नभएर बिश्वास गरे धोका दिने ब्वासो,स्याल जस्तो हुन्छ्न मान्छे ।राम्रो व्यबहार गरे कुकुरलाई घिउ नपचे जस्तै व्यबहार देखाउने, आफ्नो ठाँउमा अनावश्यक धाक,धम्की लगाउने तर परेको बेला र बाहिर कतै निस्केको बेला भने ढुङ्गाले हानेर खेदाएको कुकुर जस्तो लुसुलुसु चुपचाप हिड्ने खालका हुन्छ्न । अन्त्यमा हामी मान्छे हौ र मान्छे जस्तै व्यबहार देखाउने हो भने हाम्रा व्यबहारहरु मानवीय हुने थिए । बिश्वास,आड, भरोसा गर्न सकिन्थ्यो । यहाँ कलियुगमा मान्छेले यस्तै व्यबहार गर्छन भन्दै पशु व्यबहार देखाउनेको भिड छ,थोरैमा मात्रै मानवीय गुण र प्रवृत्ति पाउछु । यदि हामी सबैले एक अर्कालाई मानवीय व्यबहार गर्ने हो भने बास्तबमै यो संसार सुन्दर छ ।

Ask Yourself

Why I am writing ? This is a question for me every time when I write something on any topic. It is important to have goal to do something ot...