Tuesday, 17 April 2018

सम्भावनाका ढोका सदा खुल्ला छ

सुन्दर सृष्टिका हामी अझ सुन्दर सृजना । बास्तबमा सृष्टि सुन्दर छ अनि हामी पनि सुन्दर छौ । यसलाई हामी नकार्न सक्दैनौ । यस धर्तीमा पाइला टेक्न पाउनु नै हाम्रो अहो भाग्य हो । हामी संग सबथोक छ । बाँचुन्जेल यो विशाल धर्ती,पृथ्वी हाम्रो हो । यहाँ जो कोहि पनि खाली हात आएका हुन । आफ्नो बुद्धि,बिबेक र मेहनतले आफ्नो अस्तित्वलाई जोगाई राखेका छ्न । सबै मानिस उहीँ हो फरक केही छैन,छ त केवल सोचाई अनि जीवनप्रतिको धारणा र सोही अनुसार व्यबहार ।

भनिन्छ,यस पृथ्वीमा,धर्तीमा तपाई हामीले खोजेको,चाहेको सबथोक पाउन सक्छौ । यो विशाल छ अनि यहाँ सबथोक छ । सबथोक हुँदा हुँदै पनि हामी कहिलेकाहि भने अलमलमा पर्छौ । अनि लाग्दछ कि यति ठुलो संसारमा पनि आफुले भने जस्तो के पनि छैन । बास्तबमा यो सोचाई गलत छ । अरुको उन्नति प्रगति देखेपनि आफ्नो नदेख्नु, आफुलाई अरुसंग तुलना गरिनु,आफुलाई जहिल्यै पनि तल देख्नु, यस्तै कारणले गर्दा हामी सदा दुखी हुन्छौ । तर एकपटक ठन्डा दिमागमा सोच्ने हो भने हामीले पनि अहिलेसम्म धेरै उन्नति प्रगति गरिसकेका छौ । हिजो हामीसंग के नै थियो र, खाली थियो हात,खाली थियो गोजि । यो संसारमा एक्लै आएका थियौ । आमा बाबा,दाजु भाइ,दिदिबहिनी भन्दै अहिले संसार बुझ्न सक्ने भएका छौ । यी पनि सानो उपलब्धि हैनन । हामीले आफ्नो भन्नू र यो संसारमा सहज रुपमा पाउने यिनै कुराहरु हुन । अब बाँकी आफ्ना चाहना,सपनाहरू पूरा गर्नलाई भने हामीले केही कसरत गर्नै पर्दछ । तर यो नभुलौ कि ती सम्भाव छ्न । जिन्दगीमा हरेक कुरा सम्भाव छ,फरक यति छ कि कसैलाई छिट्टै मिल्छ भने कसैले धेरै समय लाग्दछ । हरेक मान्छेहरू सम्भावना कै पछिपछि कुदिरहेका हुन्छ्न तर पनि भन्ने गर्छन कि असम्भव छ । अहिलेसम्म जे जे जति भए ती सबै खोज,अनुसन्धान,सोचाइकै परिणाम हुन । राम्रा नराम्रा,ठुला साना,प्रबिधिको बिकास सबै मान्छेको उपलब्धिहरु हुन । एकचोटि सोच्नुहोस तपाई कहाँ हुनुहुन्छ? जीवनको प्राप्ति के लाई मान्नु हुन्छ? तपाईका कस्ता सपनाहरू छ्न,ती प्राप्तिको लागि के गरिराख्नु भएको छ? निर्णय तपाईकै हातमा छ । आफ्नो यात्रालाई निरन्तर राख्ने,नराख्ने तपाईकै बिचार । यो नभुल्नुहोस तपाईलाई तपाई कै सोच,बिचारले डोर्‍याई रहेको छ ।

अन्ततः सम्भावनाहरु जीवन रहेसम्म रहिरहन्छ्न । कोशिस जारी राख्नुहोस । सकारात्मक सोच राख्नुहोस । दायाँबायाँ साथ सहयोग लिनुहोस र सकेको आफुले पनि सहयोग गर्नुहोस। ज्ञान बटुल्नुहोस । बिज्ञसंग सल्लाह सुझाव लिनुहोस । आफ्नो सोचाइको चौघेरा बढाउनुहोस । संसार तपाई कै पक्षमा छ । तपाईको लागि सम्भावनाका ढोका सदा खुल्ला छ ।

Ask Yourself

Why I am writing ? This is a question for me every time when I write something on any topic. It is important to have goal to do something ot...