Saturday, 21 July 2018

मेरो मन

यहि मनले त मलाई सुखी बनाउछ,खुशी बनाउछ अनि यहि मनले मलाई दुखी बनाउछ । यहि मनले त कतिलाई माया गर्छु त कतिलाई घृणा गर्छु। यहि मनले को आफ्नो को पराई छुट्टाई रहेको हुन्छु। यहि मनले हो कहिले आफुलाई कम्जोर सम्झिन्छु त कहिले बलवान। यहि मनले हो मलाई कहिले उकालो चढाउछ त कहिले ओरालो झराउछ । यहि मनले मलाई यातउता डोर्‍याइरहेको हुन्छ । यहि मनको फैसलाले कति कुरा स्वीकारछु त कति कुरा नकार्छु । जे गर्छु यहि मनको आदेशमा गर्छु र जे गर्दैनौ त्यो पनि यहि मनले निर्धारण गर्ने गर्छ । म यहि मनको अधिनमा छु। त्यसैले आज मलाई यहि मनभित्र पस्न मन लाग्यो । मनको गहिराई नाप्न मन लाग्यो । मनको आकार, परिधी खोज्न मन लाग्यो । मनभित्र पस्न न कसैको अनुमति चाहिने न कसैसँग बिन्ती नै बिसाउनु पर्छ । कहाँबाट पस्ने ? कसरी पस्ने भन्ने पनि नहुदो रहेछ । केवल एकान्तमा बस्ने या एक्लै भएपछी आफ्से आफ मनभित्र पुगिने रहेछ । म अहिले एक्लै छु त्यसैले यो मनको कुना कुना चाहार्न खोज्दैछु ।

जब म मनभित्र पसे अनि पाए कि मनमा अनेकौं कुरा खेल्दारहेछ्न । राम्रा नराम्रा,काम लाग्ने काम नलाग्ने । यो मन त सिमलको भुवा जस्तै यताउता उडिरहने रहेछ । एकैछिन स्थिर नबस्ने,नरहने र बस्नै नसक्ने । क्षणभर मै कहाँ कहाँ पुग्ने । यो मनको पनि त गति,स्पिड होला ! तर अहिले सम्म यसलाई कसैले नापेको छैन होला । प्रकाश बर्ष भन्दा नि कयौं गुणा छिटो छ यो मन। यो मनले एकैछिनमा बिगत,बर्तमान अनि भबिष्यलाई चिहाउन पुग्छ। बिगतका हरेक पलहरुलाई एक एक गरेर केलाउन नि कतिबेर लगाउदैन । न बादल,बर्ष,झरीले छेक्न सक्छ न त पहाड, पर्वतले रोक्न नै सक्छ । यो मनले कुनै योजना बिना नै कति कुरा सम्झिदिन्छ त कति भुलिदिन्छ । कतिलाई सम्झिरहेको हुन्छ त कतिलाई भुलिसकेको हुन्छ । कतिलाई सम्झिरहु लाग्छ त कतिलाई सम्झिनै चाहदैन यो मन । त्यसैले
यो मन स्वार्थी पनि छ जस्तो लाग्छ । दु:खलाई नसम्झु लाग्छ । सुख र राम्रोलाई मात्रै हरेक पल याद गरुँ लाग्छ । तर जिवनलाई खल्लो बनाउने पनि यहि मन हो,राम्रो भन्दा नराम्रोलाई घरीघरी सम्झिदिन्छ ।सफलता भन्दा असफलताको तितोपनलाई सम्झिदिन्छ । कस्तो अचम्म शरीर थाक्छ तर यो मन कहिले थाक्दैन । चाहे बिरामी हुँदा होस या असहज परिस्थितिमा पनि यो मन रोकिन्दैन। यो गर्ने त्यो गर्ने । यसो गर्दा ठिक,त्यसो गर्दा बेठीक । सबै निर्णय यहि मनले गरिरहेको हुन्छ। भनिन्छ मनबाट गरिएका सबै काम सहि हुन,सत्य हुन। मन लगाएर गरिएको काम सफल पनि हुन्छ । आफुले आफैलाई ढाडस दिने पनि यहि मन त रहेछ। मन सम्बन्धि अनेकौं गीत लेखिएका छ्न । गायक कर्णदासले गाउनु भएको छ, 'मन मनै मन पराई सकेछु..थाहै छैन मनैमा लुकाईसकेछु' त्यसै गरि याम बरालले गाउनु भएकोछ, मन रहे पो माया प्रीति, त्यसै गरि तिमीसंग मिल्ने मेरो मन बाहेक केहि छैन । रामकृष्ण ढकालको आवाजमा मन पराउने हजार भेटिन्छ,जुनि काट्ने एउटै हुन्छ । राजन ईशान गाउछ्न,बसमा छैन मेरो मन । यि गीतहरु सुन्दै गर्दा पनि मन कति महत्त्वपूर्ण हुदोरहेछ भन्ने महशुस गर्न सकिन्छ।

सबैको मन एकैखालको हुदैन । कोहि पापै पापले भरिएको मन लिएर बाँचेका हुन्छ । कोहि अरुको कुभलोमा रमाउने मन लिएर बाँचेका हुन्छ्न । कोहि भने लोभ,लालच,क्रोध,ईर्ष्य आदिले भरिएको मन लिएर बाँचेका हुन्छ्न । मानवीय स्वभाव नै हुन कि रिस,राग,दया,माया,करुणाले भरिएको मन सबैसँग छ । कमैसंग प्रेमभाव,दया करुणाले भरिएको मन हुन्छ। बास्तबमा यो मन स्मरणहरुको महासागर रहेछ। कुनैपल यस्तो पनि हुने रहेछ कि मनमा माया मात्रै हुन्छ। जब मनमा माया हुन्छ तब सारा संसार रमाइलो लाग्ने रहेछ। जिवनको विभिन्न समयमा मनमा माया महशुस गर्ने गरिन्छ। यो मन आकारबिहिन अनि अथाह क्षमताको खानी रहेछ। डुब्दै जाँदा कहाँ पुगिन्छ र कहाँ सम्म पुगिन्छ भन्ने कुनै निश्चिति सिमाना नै छैन । यो मनमा राम्रो सोच खोजे राम्रै पाइने नराम्रो खोजे नराम्रै पाइने रहेछ। अनेकौं सोचहरुको सुरुवात यहि मनबाट हुदोरहेछ । न मनलाई बाँध्न सकिन्छ न त कुनै कुराले थुन्न सकिन्छ । यो त यसै त्यसै कहाँ कहाँ पुगिदिदोरहेछ । कहिले कहि त आफ्नो बसमा पनि हुदैन यो मन। यहि त रहेछ मन ।

Saturday, 7 July 2018

फूटबल र जिन्दगी

बिश्वकप फूटबल २०१८ रसियामा चलिरहेको छ । ३२ देश समिलित एक महिना लामो चल्ने फूटबलको महाकुम्भले सम्पूर्ण फूटबल प्रेमीको ध्यान तानिरहेको छ । सबैको एकै साथ मुटुको धड्कन धड्किएको छ । नेपालमा पनि यसको क्रेज, माहोल निकै बाक्लो देख्न सकिन्थ्यो तर अर्जेन्टिना,पोर्चुगल,जर्मनी,ब्राजिल पहिलो चरणबाटै बाहिरी सकेको हुँदा समर्थकहरु भने आफ्नो वर्ल्डकप सकिएको ठान्दछ्न । वर्ल्डकप सुरु हुन अगावै देखी अनेकौं ट्रोलहरु सामाजिक संजालमा छय्पछ्यप्ती देख्न पाइन्थ्यो । आफु समर्थक टीमको राम्रो र अरु टीमको होच्याएर पोस्ट हुने ती ट्रोलहरु हेर्न लायक थिए । नेपालका विभिन्न ठाँउमा त समर्थकहरुले खेल सुरु अगावै र्‍यालीहरु प्रदर्शन गरेका तस्वीर पनि निकै रोचक थिए । गेम सुरु भएपछिको ट्रोलहरु फेरिन्दै गए । मेस्सीको पेनाल्टी प्रहार गोलमा परिणत नहुदा फेसबूकको वालभरी मेस्सीलाई मिस पेनाल्टीको पगरी सहित बनाइएको ट्रोल देख्न पाइयो । लगत्तै रोनाल्डोले पनि पेनाल्टी प्रहार नगर्दा फेसबूकको वालभरि विभिन्न ट्रोल देखियो । अलिकति छुने बित्तिकै लड्ने नेमारको पनि अनेकौं ट्रोल देख्न पाईयो । बिशेषता पेनाल्टी अपिलको लागी लडेको तस्वीर ट्रोलमा देखिन्छ । देशको भन्दा यहाँ ब्यक्तिको चर्चा धेरै देखियो । यसरी हेर्दा बिश्वकप, देश भन्दा रोनाल्डो,मेसी,नेमार जस्ता ब्यक्तिले खेल्ने खेल हेर्न हेरिएको भान मिल्थ्यो । यसो हुनुको कारण ती खेलाडीहरुको खुबी र प्रतिष्ठित क्लबमा निकै महंगो पारिश्रमिक लिएर खेल्ने भएर पनि हुनसक्छ । यसरी अनेक चर्चा सहित यस बर्षको वर्ल्डकप लगभग सकिने क्रममा छ । पछिल्लो पटकको बिजेता स्पेन, उपबिजेता जर्मनी क्वाटरफाइनल सम्म पनि पुग्न नसक्नुले यसपटकको वर्ल्डकप कसले जित्छ यसै भन्न गाह्रो छ ।

खेल प्रेमीहरु यस खेललाई खेलकै रूपमा हेरिरहेका होलान् तर म भने यो फूटबल खेल र जिन्दगी उस्तै रहेछ भन्नेमा पुगेको छु । बास्तबमा जिन्दगी पनि फूटबल गेम जस्तै एक गेम नै त रहेछ। जिन्दगीको पनि नियम छ। जसरी फूटबल खेलको नियम छ । ब्यक्तिको लागी यो बिश्व, खेल मैदान हो । साधारणतय नब्बे मिनेटको फूटबल जस्तै जिन्दगीको पनि समय सीमा छ । नियममा बाँधिएर आफ्नो समयवधी खेल खेल्न सक्छ । ब्यक्तिले आफु अनुकूल जस्तो खेलेपनि फरक पर्दैन । फरक त्यतिबेला पर्दछ कि ब्यक्तिले आफ्नो अन्तिम समयवधी सम्ममा गोल गर्‍यो कि गरेन ! फूटबल खेलमा झै जिन्दगीमा पनि कहिले कर्नर मिल्छ,कहिले फ्री किक त कहिले थ्रो । ती सबै ब्यक्तिको निम्ति अवसरहरु हुन । यि अवसरहरु सबैमा कहि न कहि मिलेरहेको हुन्छ । कतिले गोलमा परिणात गरिदिन्छ त कतिले खेर फाल्दछ । एउटा अवसर; पेनाल्टी भने कमै ब्यक्तिको जिन्दगीमा मिल्दछ । पेनाल्टीलाई पनि कतिले गोल गर्न सक्दैन जसरी फूटबलमा गोल मिस हुने गर्दछ । मान्छे चुकचुकाउछ जब पेनाल्टी मिस हुन्छ । धेरैजसोले जिन्दगीमा राम्रोसँग जिन्दगीको खेल खेल्न सक्दैनन र जिवनको अन्तिम समय सम्म पछुताउछ्न । हामी सबैलाई उस्तै खाल्का ति मौकाहरु नमिल्लान तर अवसरहरुले ढकढकाई रहेको हुन्छ । कतिलाई गोल गर्ने सु अवसर नमिल्ला तर खुबी भएका ब्यक्तिले हरेक असहजतालाई अवसरमा परिणात गरि सुनौलो गोल गर्न सक्षम हुन्छ्न । ती ब्यक्तिहरु बास्तबमै महान हुन । जसलाई युगले सम्झिरहेको हुन्छ ।

जिन्दगीको खेलमा सधै अवसर मात्रै मिल्दैन । अवसर नपाउदा कति ब्यक्ति गोल बिहीन मैदान बाहिरिन्छन भने कतिपय अवसर सृजना गर्न नसक्दा पनि गोल रहित मैदान छाड्न बाध्य हुन्छ्न । फूटबल जस्तै यो जिन्दगी पनि टीममा पनि खेल्न सकिन्छ । सहि ब्यक्तिको साथ पाए जिन्दगीमा गोल गर्न खासै गाह्रो हुदैन । जिन्दगीमा भनेजस्तो साथ नपाउदा पनि कति अवसर गोलमा परिणात हुदैन। जिन्दगीमा पनि घरीघरी पहेलो कार्ड मिल्ने गर्छ । त्यसको पनि हेक्का राख्नुसक्नु पर्छ । जब जिन्दगीको रेफ्री यमराजले रेड कार्ड देखाइदिन्छ । कुनै अपिल,कुनै बिन्तिको तुक रहदैन । त्यसैले तपाई पनि गोल गर्न हरेकपल सुनौलो अवसर सृजना गर्न लाग्नुहोस । अवसर मिल्ला नमिल्ला तर कोशिस जारी राख्नुहोस । मिलेका अवसरलाई बुद्दिमत ढंगले गोलमा परिणत गर्नुहोस । कति बेला कर्नर,फ्री किक,थ्रो मिल्छ थाहा पाउनुहोस । जिन्दगीमा एक गोल हैन, सय गोल गर्नुहोस । चुनौतीलाई सामना गर्दै अवसरलाई भरपुर सदुपयोग गर्नुहोस। जिन्दगीरुपी खेललाई सार्थक बनाउनुहोस ।

Sunday, 17 June 2018

म लेखक

हिजोआज मलाई पनि लेखक बन्न रहर जागेको छ । रहरले हुदैन त्यो थाहा छ त्यै पनि मनको रहर के ले नै पो रोक्न सक्दोरहेछ ।बेलाबेला कानीकुथी लेखिरहेको हुन्छु । अरु लेखकहरुको लेख पढ्ने गर्छु । मलाई लाग्छ मनका भावलाई शब्दमा उतार्ने काम नै लेखन कार्य हो । मनमा अनेकौं भावहरु उथलपुथल छ्न तर शब्दमा ब्यक्त गर्नै सकिरहेको हुदिन । यस मानेमा लेखन कार्य मेरो लागी एकदमै गाह्रो काम हो । सुरुमा त कसरी लेख्न सुरु गर्ने?कुन बिषयमा लेख्ने?के के कुरा लेख्ने? जस्ता कुरा नै अटसपटस भएर आइदिन्छ मनमा। कसरी लेखक बन्न सकिन्छ भनेर विभिन्न लेखहरु पढिरहेको हुन्छु। कतिपय लेखकका लेख रचना यति मनछुने हुन्छ्न जसलाई पढिरहदाँ मलाई मेरो लेखन कमजोरीले छट्पटी हुन्छ । दुई चार लाईन लेखे पछि के लेखु के लेखु हुन्छ । गम्भिर बिषयबस्तु पनि मेरो लागी कमजोर साबित भइदिन्छ । नाम चलेका लेखकहरुले लेखेका लेखहरुको कतिपय लाइनहरु टिपोट गरेर राखेको हुन्छु । एकै बिषय भएपनि लेखकले आआफ्नै तरिकले प्रस्तुत गरेको हुदाँ लेखहरु फरक फरक पाउछु । अहिलेसम्ममा मैले धेरै किताब,विभिन्न बिषयमा लेखिएका पुस्तकहरु पढिसके तर पनि मेरो लेखनमा भने सुधार आउन सकेको छैन । घरी शब्द भेट्दिन त घरी बिषयबस्तु । घरी एउटा सिङ्गै बिषयबस्तु भेट्छु तर लेख्न बस्दा हात सर्दै सर्दैन । फेसबूकको वालमा हरेक दिन दुई चार लाइन लेखेर लेखक बन्न पनि आफैलाई सरम लाग्छ । जिवनमा घटित अनेकौं घटनाहरुलाई पूर्ण रुपमा लेख्न सके त्यो पनि राम्रै हुनेथियो तर सक्दिन । घरी मिति भुल्छु त घरी ती पलका स्मरणीय क्षणहरु । गुगलमा कसरी लेखन सुध्रन सकिन्छ भनेर खोज्दा अनेकौं उपाय भेटिन्छ्न तर जब लेख्न बस्यो ती उपायले काम नै गर्दैनन । कबिता,कथा,उपन्यास,निबन्ध,नाटक आदि पढ्ने गर्छु । ती पुस्तकहरु पढिरहदाँ मलाई पनि यसै गरि लेख्न सके भन्ने सोच आईरहन्छ । लेखिरहने लेखकहरुको लेखाई शैली नै अलग हुन्छ। कतै उखान जोडेको हुन्छ त कतै टुक्का । कतै इतिहास त कतै बर्तमानका कुराहरु। पढिरहु लाग्ने ती लेखहरु कसरी लेखे होलान? यस्ता प्रश्न पनि मनमा खेल्छ ।
अहिले धेरै लेखकहरु लेखनलाई पेशाकै रुपमा लेखिरहेको देख्न,सुन्न र पढ्न पाइन्छ । लेखन एक कला हो,जसको माध्यमबाट बिचारलाई सबै माझ पोख्न सकिन्छ। मान्छे बिचारले चल्ने गर्छ । सबैको बिचार अलग अलग खालको हुन्छ । ब्यक्तिहरु आफ्नो बिचार,सोच अनुकुलको लेख रचना पढ्न रुचाउँछन् । कतिपय बिचार पढिसकेपछी मान्छेमा एक किसिमको धारणा बन्छ । र ति लेख आफ्ना लागि मार्गदर्शक बन्न सक्छ । मेरो बिचारमा, ती लेखहरु जसलाई पढिरहदाँ र पढिसके पछि ब्यक्तिले महशुस गर्ने या ति बिचार प्रति सोच्न बाध्य बनाउछ भने त्यो नै लेखकको लेखन क्षमता/दक्षता हो । हरेकदिन पत्रपत्रिकामा विभिन्न बिषयमा भिन्न भिन्नखालका लेख रचना प्रकाशित भइरहेको हुन्छ । हामी देख्छौ पढ्छौ त कहिले शिर्षक हेरेर त्यतिकै छोडी दिन्छौ । तर हरेक लेखमा केहि न केहि बिचार ब्यक्त हुने गर्दछ । म प्राय: सबै खालका लेख पढ्न रुचाउछु। लेखन कार्यलाई मजबुत बनाउन पनि हरेक प्रकारका लेख रचना पढ्न जरुरी छ भन्ने सुनेको छु । यसलाई मैले सकारात्मक रुपमा लिएको छु। हरेक ब्यक्तिमा हरेक दिन विभिन्न बिचार आउने जाने क्रम चलिरहन्छ । बिचारलाई बाताबरण,समाज,घुममिल र रुचिले निर्धारण गर्ने गर्दछ । म चै के लेखक बन्न सक्दिन होला ! मसंग पनि त अनेकौं बिचार छन । मनमा भावनाले बास गरेको हुन्छ। मलाई पनि त लेख्न आउँछ । बान्की नमिल्ला तर लेख्न त सक्छु नि ! मनलाई यसै गरि सम्हाल्छु । अनि भोली त लेखन कार्य सुरु गर्छु सोच्छु अनि त्यो भोलीलाई पर्खिन्छु । आशा छ त्यो भोली आउने छ र म पनि कुनै लेखकले झै राम्रा राम्रा लेख लेख्नेछु ।

Sunday, 13 May 2018

Life is Beautiful

When my eyes had been opened, i was looking for love undoubtedly from mother. Mother is my first lover and forever. When i was hanging in mother's hand i used to feel free and happier person in this world. Slowly i knew my brothers,sisters,relatives and friends from them i was expecting love as well. My love was pure as clean water. There weren't selfishness love. I used expect from them only care,sweet words and heartily love. It was really wonderful time. I remember still some glimpse of my childhood. I was happy getting one rupees. I wasn't spending any money. I used to keep it In my pocket long day. I used to show it to my friends as well as uesed to feel i am riches than them. Generally my mother farther used to change my clothes in Dashain. Dashain and Tihar was a great festivals for children. when it falls dashain I was really happy wearing new clothes,shoes. We child used to compare each other our new clothes and shoes whose is beautiful. In Dashain we used to put tika on forehead from elderly people than receive bless,love and money. It was also much memorable moments of childhood life. in that time It was big deal for me. Every Dashain and Tihar uesd to bring happiness on me. It was really awesome. I see in these all love. Due to love it was much happier days.

Time is passing so my age. Now I'm young and my thinking and expection have been changed. I'm looking some different things to be happy. Nowadays I find more difficult and unsure to be happy. My habits are totally changed before and now. Sometimes i don't see happiness in this world. I see everywhere covered selfishness and artificial love. Even with blood relation we can't trust. We see everyday in newspaper,clash between blood relationship in many isseus. it is very hateful and shameful. I don't know why people are showing their bad and unhuman behaviour. We are in 21st century with advance teachnology. We have to take more advantage from this era but Many people mis-using it. Mostly people are using it but Less people are using for better life. It is the means or source of our every steps. If we use it properly teachnology can make our life more easier. Due to bad ueses of technology people are being more metrialstic than human being.

We are lossing everyday. But we are not aware about it. Selfishness is the main cause to being unhuman. If we walk with love absolutely follows love. It is natural proccess echo comes from sounds. We shouldn't foreget our humanity to others. We have to know that giving respect means taking respect. So be kind for all. Think positive and spread love,you will get it back. Make your life more meaningful and beautiful. Absolutely Life is beautiful.

Saturday, 28 April 2018

Love and life

Love and life both are most related in every single day. There is life where you find love. We face many types of love in life. Generally, family's,friends and relatives love are common in life. After all, we search in life special love that is called beloved one's love. In our society, Mostly people don't want to talk about this kind of love. All the time we try to hide this love till not finished marriage. Our society also doesn't accept before marriage as well.

It is very difficult to find someone's special love. Love is a special thing in life which play most important role in whole life. Life is very beautiful if you have such a good lover. Many people come and go in life but very less special. We have many option to choose special one. But when we fallen in love with those special people we forget everything. We just want to get love. It is really hard to get someone's special love. Love is a kind of feelings which touched your heart not mind. There is no any rules Or formula to get someone's love but i am sure that we have to trust and respect with each other. We have to respect each others feelings and thoughts. We have to transparent in relation. Lucky people only can deserve in his/her life sweet love.

We can select special one matching our matual aspect of life. To get someone's love we shouldn't make big permission. It could be harmfull after in relation. Love is life. Love is like air which touches in life every time in silently. Life is really beautiful with sweet love. Give love, take love.

रंगीन जिन्दगी

जिन्दगी रंगीन छ यसलाई तपाई महशुस गर्नुहोस् या नगर्नुहोस् । तर यसलाई सबैले महशुस गर्न भने सक्दैनन् । किनभने तपाईले जिन्दगीलाई कसरी लिनु भएको छ,त्यसमै भर पर्दछ । प्राय यहाँ दु:खै दु:खको जिन्दगी बाँचिरहेको छु भन्नेको कमि छैन । जसरी प्रकृतिमा विभिन्न रंग देख्न सकिन्छ त्यसै गरि हाम्रो जिवनमा पनि विभिन्न रंगहरु छ्न । सुख,दु:ख,हासो,खुशी,आँसु,पिडा,चोट,दर्द,सफलता,असफलता आदि जिवनका रंगहरु हुन । ब्यक्तिले आफ्नो जिवनलाई कसरी डोर्‍याउदै छ त्यही नै हो उसको जिन्दगी । सोचेको जस्तो नभैदिँदा जिन्दगीबाट मान्छेहरु निरास हुन्छन् र जिवनका रंग देख्दैनन ।

समय सदैब एकैनासको हुदैन । त्यसै गरि सबैको जिवन पनि एकैनासको छैन । ब्यक्ति अनुसार सबैको आआफ्नो रोजाइ हुन्छ । त्यही रोजाइले मान्छेहरु एक अर्का बिच अलग छ्न । कसैको रोजाइ रातो हुन सक्छ,कसैको सेतो । कसैलाई निलो मनपर्छ भने कसैलाई पहेलो । प्रकृतिको अनुपम सृजना हामी मानव आज अनेकौं स्वर्थको पछाडी दौडिरहदा आफ्नो धर्म नै भुलिसकेका छौ । मानवता भन्ने हराई सकेको छ । को आफ्नो को पराइ कसैको वास्ता छैन । हामीसंग असिम सामर्थ्य हुँदा हुदै पनि आज ब्यक्तिबादी भइदिदा कम्जोर बनेको छौ । प्राय हिजोआज मानवता बिनाको मानिस मात्रै भेटिन्छ्न । कुनै न कुनै किसिमक स्वर्थ राखेर सम्बन्ध राखिन्छ । यहि कारणले गर्दा बास्तबिक जिन्दगी जिउन सकिएको छैन । मानवमा हुने गुणहरु दुर्लभ भइसके । गाउँ बस्तीमा भने केहि मात्रामा अझै मानवताको आभास पाउन सकिन्छ तर शहर बजारमा त्यो पाउनै सकिन्न । सबै कुरा यहाँ बजारीकरण भइसके । दया,माया,करुणा जस्ता भावनाहरु मान्छेको मनबाट हराइ सकेको छ । यति सुन्दर संसार अनि समाजलाई कुरुप पार्ने हामी मानवरुपी दानव बनिसक्यौ ।

समाज,संसार अनि हाम्रो जिन्दगी सुन्दर बनाउने जिम्मा हाम्रै हो । हाम्रो लागी हामी आफैले गर्नुपर्दछ । जिन्दगी जिउन या जिन्दगीमा केहि गर्न एकापसमा मिलेर अघि बढे खासै गार्‍हो छैन । सिमित स्रोतहरुको उचित परिचालन गरेर सुन्दर भबिस्य निर्माण गर्न सक्छौ । एकतामा शक्ति हुन्छ भन्न्र बुझ्न जरुरी छ । सके एकाअर्कालाई सहयोग गरागर गरौ तर स्वर्थ भावले सम्बन्ध नजोडौ । यसमै छ हामी सबैको भलाई । सकारात्मक बनौ,सहयोगी बनौ । मान्छे भएर बाँचौ ।

Monday, 23 April 2018

मनको आगो

मनमा पनि आगो लाग्ने रहेछ । अदृश्य आगोले भतभती पोल्दो रहेछ । मनमा आगो लगाउन सलाई भने बाल्नु पर्दैन । अनावश्यक सोच,बिचार,कसैको चित्त दुखाईएको छ भने या कसैले चित्त दुखाएको छ भने मनमा थाहै नपाई आगो बल्ने रहेछ । हुनत यो सबैले महशुस गर्न भने नसक्ला । मनमा एक किसिमको बेचैन,उखारमौलो,छट्पटी नै मैले महशुस गरेको मनको आगो हुन । कुनैकुनै बेला त यति उकुसमुकुस हुन्छ कि मनभित्र डढेलो नै गएको छ र शरीर पुरै पसिनाले भिज्न थाल्दछ । जंगलमा लागेको आगोलाई पानीले निभाउन सकिएला तर मनमा लागेको आगो निभाउन त्यति सजिलो छैन । हावाहुरीले जंगलमा आगोलाई फैलाए जस्तै गरि मनमा पनि आगो रुपि बैचैनी,छट्पटी,आत्मगाल्नीहरुले पिरोल्ने गर्छ ।

तपाईहरुले पनि कहिलेकाही त मनमा लागेको आगोको तापलाई महशुस गर्नु भएको होला । बिक्षिप्त बनेको मन अंगार नै त हुदैन तर अंगारै भएको महशुस हुन्छ। भावनाले बनेको यो मनमा आगो लाग्न खासै समय लाग्दैन । चैत बैशाखमा सुकेको पात पतिङ्गारमा आगो लागे जसरी एकैछिनमा लाग्न सक्छ । आगो कति फैलिनेछ यो याकिन गर्न सकिन्न । कति समय सम्म आगोको ज्वालामा जल्नुपर्ने हो यसको पनि कुनै निश्चित समयवाधि हुदैन । केहिछिन,एक घण्टा,एकदिन, पुरै महिना,पुरै साल या सारा जीवन नै यसरी आगोमा जल्नु पर्ने हो था हुन्न । आगो रुपि छट्पटी,बेचैनी बिना को बाँचेको छ होला र यो संसारमा । मात्रा धेर थोर होल तर मनमा आगोको महशुस सबैले गरेकै हुन्छ । जीवन आगोको भुमरी नै हो । यो आगोबाट वचन सके राम्रो नत्र यहि आगोमा सारा जीवन जलेर खरानी हुनेछ ।

जीवनका अनेक मोडहरुमा खालखालका आगोले जलाउने गर्दछ । कहिले अलिअलि जलाउछ त कहिले पुरै । मनमा आगो निभ्न हुदैन पनि त्यहि बलेको आगोले मनलाई उर्जा दिने गर्छ । रापलाई सहने शक्ति,सामर्थ्य पैदा गराउदछ । बिस्तारै सानोतिनो आगोले पोल्दैन । पोलेको महशुस नै गराउदैन । निभ्दै बल्दै गरेको आगो नै हो जिन्दगी । त्यसैले त घरीघरी चैतमासमा थाहै नपाइ जंगलमा आगो लागे सरि मनपनि आगो लागिदिन्छ ।

Tuesday, 17 April 2018

यादहरु नै हुन बाँच्ने आधार

जिन्दगीमा अनेकौं घटनाहरु घट्ने गर्दछन। कुनै मिठा,कुनै तिता । हरेक दिन केही न केही भैरहेकै हुन्छ,तर यादगार घटना भने कमै हुने गर्दछन । त्यसैले यादगार घटनाहरु बर्षौ सम्म पनि मनमा ताजै बनि आईरहने गर्दछ्न,जसलाई हामी याद,सम्झना भनेर भन्ने गर्दछौ । कहिले कहि, घटना ठुलो होस या सानो तर याद भने मनमा अमिट रहिरहने गर्दछन। तस्वीर र शब्दमा कैद गर्न नसकिने ती क्षण,पल,घटनाहरु मनमा कैद हुने गर्दछ्न । जसलाई याद,स्मृति भनेर भनिन्छ।

यादहरु अजिबका हुन्छ्न । कुनै यादहरुलाई सम्झिनु पर्दछ भने कुनै आफै मनमा आईदिन्छन । कुनै यादहरु भने अहिले घटेका घटनाहरुले पुनः ताजगी बनाइदिन्छ । बाध्यताले गर्दा पनि जीवनका कति क्षण,पलहरु त यादमै बिताउनु पर्ने हुन्छ्न । यादहरु यस्ता हुन्छ्न जसले बर्तमानलाई समेत प्रभाव पार्ने गर्दछ । मिठा यादहरुले जीवनमा एक किसिमको तरंग पैदा गराईदिन्छ र जीवन अझ रमाइलो हुने गर्दछ भने तिता,नमिठा यादहरुले मनै कुडिने गर्दछ । सगै स्कुल पढेको साथीको याद,एक कप चिया पिलाएको साथीको याद,संगै सिनेमा हेरेका साथीको याद, संगै हाटबजार घुमेको साथीको याद,मेलापात गरेको साथीको याद लगायतका यादहरु मनभरी छ्न । खुशी लाग्छ कि यी यादहरु एकैसाथ आईदिदैनन । धुर्व सत्य नै भनौ हरेक ब्यक्ति मिठा यादहरुमा रमाउने गर्दछ्न ,तिता,नमिठा यादहरुमा दुखी हुने गर्दछ्न । नचाहदा नचाहदै पनि कति यादहरु घरीघरी मनलाई झस्काउन आईरहन्छ्न । लाग्छ मान्छेहरु तिनै यादहरुमा बाचिरहेका हुन्छन । अनि भौगोलिक रुपमा टाढा रहेका,विविध कारणले टाढा भएका साथै सदाका लागि यो संसार छाडेर गएका मान्छेहरु, तिनै यादहरुमा बाँच्ने गर्दछ्न । अतीत जब सम्म यादमा रहन्छ्न तब सम्म सबै ती सबै घटना,पल क्षणहरु बाचिरहन्छ ।

कतिपय यादहरु नआओस जस्तो लाग्छ । बिझाउने खालका यादहरु त झन कहिल्यै नआओस झै लाग्छ तर यादको कुनै सिमा छैन, न त रोक्न नै सकिन्छ। त्यसैले कुनै पनि बेला मनमा आइदिन्छ । यादहरु कोसंग छैनन होलान, जीवनका उकाली ओरालीहरुमा तिनै यादहरुले हसाउँछ,रुवाउँछ मनलाई बहलाई दिन्छ अनि आफू बाँचेको आभास गराउँछ । जीवनको अन्तिम घडी सम्म पनि साथै रहिरहने भनेकै यादहरु हुन ।

मै पढुला मेरो जिन्दगी

लेख्नलाई अनेकौं बिषयबस्तुहरु छ्न । समसामयिक बिषयका लेखहरु त झन एकदमै प्रभावकारी पनि हुन्छ्न । तर पनि मलाई भने उहीँ एउटै शिर्षक जिन्दगीको बारेमै लेख्न, पढ्न मन लाग्छ । यहि बिषयमा लेखिरहुँ,पढिरहुँ जस्तो लाग्छ । बास्तबमा म आफुले आफैलाई पढ्न चाहन्छु । त्यसैले सायद बिषयबस्तुको गहनता,प्रभावकारिता यहि बिषयमा पाउँदछु । अहिलेसम्मको मेरो बुझाइ र अनुभवले यो बताउदछ कि आफुले आफैलाई पढ्न नसक्नु,आफू को हो?अन्तरमनले बोलेका बोली नसुन्नु नै आम मानिसको कमजोरी हो । म आफुलाई पढेर यिनै कुरा जान्न,बुझ्न चाहन्छु । प्रायः हामी अरुको जिन्दगी खोताल खाताल गर्छौ, अरुको आङ्को भैंसी देख्ने हामी आफ्नै आङ्को जूम्रा देख्दैनौ । यहि कारणले हाम्रो जिन्दगी,जिन्दगी जस्तै छैन। जिन्दगीका भोगाई,अनुभवहरु सरल भाषामा लेख्ने लेखकहरुको लेख मेरो पहिलो रोजाइमा पर्ने गर्दछ।

जिन्दगीको बारेमा धेरैले धेरै लेखिसकेका छ्न । अझै लेखिने क्रम जारी छ । भोगाई,अनुभवहरु ब्यक्ति पिच्छे फरक फरक हुन्छ्न । त्यसैले पनि सबैलाई लाग्दछ कि मेरो जिन्दगी अरुको भन्दा फरक छ । मान्छे देब र दानवको समिश्रण हो भनेर भन्ने गरिन्छ । त्यसैले मानवमा ती गुणहरु कहि कतै देखिने गर्दछ । कसैमा देवत्व धेरै,दानवत्व कम, कसैमा दानवत्व धेरै त देउवत्व कम । यहि भएर पनि मान्छेले मान्छेलाई चिन्न सक्दैन । हिजोआज म यिनै कुराहरूमा घोत्लिरहेको छु अनि आफुमा भएको देवत्व गुण र दानवत्वको गुणको मात्रालाई विश्लेषण गर्ने कोशिस गरिरहेको छु । जब सम्म आफुले आफैलाई चिन्न सकिन्न तब सम्म अरुले भनिदिएको भरमा म को हुँ बुझ्न सकिन्न । म चाहन्छु आफ्नो जिन्दगी आफै पढु ।

जिन्दगीलाई सरल या कठिन बनाउने जिम्मा हाम्रै हातमा छ। आफैसंग छ जिन्दगीलाई कुदाउने असली चाबी । जिन्दगी रुपी गाडीको स्टेरिङ,ब्रेक,गियार,क्लोज हामी आफैसंग छ त्यै पनि हामीलाई थाहै हुदैन कति बेला ब्रेक लगाउने,गियार चेन्ज गर्ने दायाँबायाँ कता मोडिनु पर्ने । हामी अरुको गति हेर्छौ अनि कुद्न खोज्छौ । आफ्नो कन्डिसनको हेक्का राख्दैनौ । समय सापेक्ष चल्न नसक्नु पनि हाम्रो कमजोरी नै हो । जीवनलाई रिदमिक नबनाई सम्म यसको मज्जा लिन सकिन्न । एकबारको जिन्दगीमा हामी आफुले आफैलाई नबुझी महान बन्न खोज्छौ। आफुले आफैलाई जित्न नसकेपनि अरुलाई जित्न हरप्रहार कोसिस गरिरहन्छौ । आफैप्रति बिश्वास नभए पनि अरुलाई बिश्वास दिलाउने प्रयास गर्छौ । भोलिको मिठो कल्पनामा आजका खुशी,सुखलाई तिलन्जली दिन पछि पर्दैनौ । के त्यो भोलि आउँछ होला ! के त्यो सुखै सुख अनि खुशी नै खुशीले भरिएको दिन आउँछ होला ! कदपी आउने छैन । कसले देखेको छ त्यो भोलि? भोलि त जे पनि हुन सक्छ । त्यसैले आफुले आफैलाई बिश्वास गर्नुहोस,आजको दिनलाई सिंगार्नुस,रमाउनुस । खुशी भन्ने कुरा बाहिरी संसारमा छैन त्यसैले खोज्नुस आफै भित्र । हरेक दिनलाई आफ्नो दिन बनाउनुस । यसैमा छ जिन्दगी जिउनुको मज्जा । मान्छे बिगतलाई भुलेर बर्तमनमा रमाउदछ,अनि भबिस्य सम्झेर चिन्ता गर्छ । आजैबाट चिन्ता गर्न छोडिदिनुस । खुलेर जिउनुस । जिन्दगी एकनासको पनि छैन, यो गतिशील छ । अझ यसलाई गतिशील बनाउनुहोस ।

बेफुर्सदिला यी दिनहरु

एकाइसौं शताब्दीका भाग्यमानी मानव जाति हामी, प्रबिधि र बिकासको चरम उत्कर्षमा छौ । यस शताब्दीका उपलब्धि भनेकै प्रबिधि र बिकास हुन । हामी क्षणभरमै संसारको कुनै कुनामा,ठाउँमा पुग्न सक्छौ । हामी क्षणभरमै एक ठाउँको खबर अर्को ठाउँमा थाहा पाउन सक्छौ । यी सब प्रबिधि र बिकासका परिणामहरु हुन । हुनत हाम्रो देश त्यो हदमा पुगिसकेको छैन तर केही हद सम्म हाम्रा पनि गतिविधिहरुलाई ती प्रबिधि र बिकासले प्रभाव पारिसकेको छ। दैनिक जीवनयापन गर्न आवश्यक संसाधन पर्याप्त भएपनि जिन्दगी बेफुर्सदी छ । तिनै संसाधनको जोहो गर्दागर्दै जिन्दगी बितिदिन्छ । जब जिन्दगीको अन्तिम अवस्था महशुस गर्न थाल्नेछौ तब झस्किनेछौ कि अब त मेरो समय सकियो । यो गर्नु थियो,त्यो गर्नु थियो । खै के नै पो गरिएछ त्यस्तो? हरेक दिनको त्यो ब्यस्तताको उपलब्धि खै के? इच्छा,चाहना,सपनाहरू सबै अधुरै रहे ।

मलाई लाग्छ, मेरो मात्रै होइन तपाईको पनि मेरै जस्तो अस्तब्यस्त छ दैनिकी । कति धेरै समयलाई ब्यवस्थापन गर्दा गर्दै पनि समयले पुगिरहेको हुदैन । बिहान उठेदेखि राती सुत्नेबेला सम्म पनि ब्यस्त हुन्छौ । एकछिन आरामले बस्न पाइएको हुदैन । केही न केही कामको चापले गर्दा एकछिन फुर्सद मिल्दैन । इच्छा,आकांक्षा सपनाहरू अनेकौं छ्न । हामीलाई थाहा छ सबै इच्छा,आकांक्षा अनि सपनाहरू पूरा हुदैनन् र पनि हामी त्यसकै पछि दौडिरहेका हुन्छौ । बेफुर्सदी यस्तो छ कि पढ्नै पर्ने पुस्तकहरू थाँती छ्न । कहिले पढुँ? बर्षौ भैसक्यो गुम्सिएर बसेका मनका भावनहरु । शब्दमा उतारौला कुनै पत्रपत्रिकामा छपाउला भन्ने सोच छ तर फुर्सद नै मिलेको छैन । कहिले लेखुँ ? कहिले छापु? नयाँ नयाँ ठाँउहरुमा घुम्न जाने मन छ । कतिपय पुग्नै पर्ने ठाँउहरुमा पुग्ने सोच कहिल्यै साकार भएन । ती ठाँउहरुमा पुगेर रमाउन मन छ । कहिले पुगुँ ती ठाँउहरुमा? कति साथीहरुलाई भेट्न मन छ । के गर्दै छन?कस्तो अवस्थामा छ्न होला? कहिले मिल्ला त्यो फुर्सदको समय अनि भेटुँ? सधैको ब्यस्तता अनि बेफुर्सदी । यसरी नै त बितिरहेको छ बेफुर्सदी जिन्दगी ।

जीवनका कतिपय समय त भौतारिएरै बिते । परिस्थितिहरु आफू अनुकूल नभैदिदाँ कति असहज जिन्दगी बाँचियो । अहिलेसम्म जीवनमा कति सुख अनि दु:ख आए गए कुनै लेखाजोखा छैन । जीवनका उराठ लाग्दा ती दिनहरुमा कसरी सम्हालिएर हिडियो त्यसको पनि कुनै हिसाब छैन । आफ्नो भागमा सुख अनि खुशीहरु सदैब कम्ती परे जस्तो लाग्छ । बेफुर्सदमा पनि हिसाबमा आउने त तिनै दु:ख,पीडा,असहजताहरु नै त रहेछ्न। हिजोआज सोच्ने गर्दछु,मेरो जिन्दगीमा बेहिसाब मिलेका ती हासो,खुशी,सुखहरु कति आए कति गए होलान । कुनै लेखाजोखा राखिन । अब भने ती जम्मैको लेखाजोखा राख्नेछु । बेफुर्सद नै किन नहोस अब ति इच्छा,चाहना,सपनाहरुकै निम्ति बाँच्नेछु ।

मानव र पशु

हामी मानव समुदयमा बसे तपनि हाम्रा आनीबानी,चालचलन भने हाम्रै वरिपरि रहेका प्राणीहरुबाटै प्रभावित हुने रहेछन। त्यसैले होला हिजोआज मेरो नजरमा सबै मान्छे पशुपन्छी,प्राणी जस्तै देख्छु । सत्ययुग,द्वपारयुग,त्रेतायुग हुँदै कलियुग फेरिए जस्तै ब्यक्तिलाई हेर्ने मेरो नजर पूर्ण रूपमा बद्लिएको छ । म हिजोआज साथीभाइ,आफन्त,परिचित,अपरिचित सबैलाई पशुपन्छी,प्राणि जस्तै देख्छु । सायद मलाई दृष्टिभ्रम हुन सक्छ तर मेरो नजरमा सामाजिक प्राणी भनिएका मानव सबैलाई पशु जस्तै देखिरहेको छु ।

समयको अन्तरलमा विभिन्न खालका ब्यक्तिहरुसंग उठबस गर्ने मौका पाएको छु । वरिष्ठ देखि कनिष्ठ सम्मको निकटतम हुने सञ्जोक मिलेको छ । मैले जस्तै तपाईले पनि महशुस भने गर्नु भएकै होला । मान्छेहरुको हाउभाउ,जिउडाल,हिड्ने शैली,खाने शैली,बोल्ने शैली अनि अरुसंग गर्ने व्यबहार । हाम्रा वरिपरि धेरै खालका पशुपन्छी, म तिनैको नक्कल मान्छेमा पाउछु । कुनै मान्छेको व्यबहार बिरालो जस्तै हुन्छ्न । जहिल्यै म्याउ म्याउ गर्ने । कुनै कुकुर जस्ता । सानोतिनो बिषयमा पनि झर्किने,अरु माथी खाउला झै व्यबहार गर्ने । कुनै स्याल जस्तै धुर्त । कुनै गाई जस्तै मायालु । कुनै हान्ने गोरु जस्ता बोल्न त के हेर्दै डरलाग्दो । कुनै बाख्राका पाठा जस्तै, फुत्रुक फुत्रुक गरि रहने कहिल्यै एक ठाँउमा बस्नै नसक्ने । मान्छेको खाने,सुत्ने,हिड्ने,बोल्ने शैली पनि तिनै पशुपन्छी कै जस्ता हुन्छ्न । कसैको खाने तरिका सुंगुरको जस्तै र सुताई पनि सुंगुरको जस्तै हुन्छ । जे पनि चुपचाप खाईदिने अनि मस्तले सुतिदिने,सुंगुरे खुवाई,सुताई । कोहि भने कुखुराले चारो खोतालेर खाए जस्तै गरि मिठो मिठो मात्रै खाने या थोरै मात्र खाने । कोहि भने बाख्राले जस्तै खाई रहने हुन्छ्न । कसैको हिडाई हात्तीको जस्तो लमक लमक,कसैको घोडाको जस्तै ठमक ठमक । कसैको बोली कागको जस्तै खस्रो,कसैको कोइलीको जस्तै मधुर अनि सुनिरहुँ लाग्ने ।

पशुसंग यस्ता अनेकौं स्वाभव मिलेको देख्दा मान्छेलाई पनि म पशु झै देख्न थालेको छु । यति मात्र नभएर बिश्वास गरे धोका दिने ब्वासो,स्याल जस्तो हुन्छ्न मान्छे ।राम्रो व्यबहार गरे कुकुरलाई घिउ नपचे जस्तै व्यबहार देखाउने, आफ्नो ठाँउमा अनावश्यक धाक,धम्की लगाउने तर परेको बेला र बाहिर कतै निस्केको बेला भने ढुङ्गाले हानेर खेदाएको कुकुर जस्तो लुसुलुसु चुपचाप हिड्ने खालका हुन्छ्न । अन्त्यमा हामी मान्छे हौ र मान्छे जस्तै व्यबहार देखाउने हो भने हाम्रा व्यबहारहरु मानवीय हुने थिए । बिश्वास,आड, भरोसा गर्न सकिन्थ्यो । यहाँ कलियुगमा मान्छेले यस्तै व्यबहार गर्छन भन्दै पशु व्यबहार देखाउनेको भिड छ,थोरैमा मात्रै मानवीय गुण र प्रवृत्ति पाउछु । यदि हामी सबैले एक अर्कालाई मानवीय व्यबहार गर्ने हो भने बास्तबमै यो संसार सुन्दर छ ।

सम्बन्धको पर्खाल

म छु, तपाई हुनुहुन्छ अनि यहाँ सबथोक छ । म छैन,तपाई हुनुहुन्न भने यी सारा सजिब,निर्जीव बस्तुहरुको पनि कुनै अर्थ छैन । हामी मानव सामाजिक प्राणी भएकै कारण हाम्रो लागि समाज र समाजका लागि हामी अपरिहार्य छौ । जिवनयापन गर्ने क्रममा हामीले यस पृथ्वीमा रहेका सम्पूर्ण उपभोग्य बस्तुलाई आफुअनुकुल उपभोग,प्रयोग गर्ने गर्दछौ । ती बस्तु र हामी बीच अदृश्य सम्बन्ध रहेको हुन्छ । ती बस्तुहरु संग बाँच्नका लागि मात्रै सम्बन्ध हुन्छ,रहन्छ तर हामी मानव मानव बीचको सम्बन्ध भने दैनिक व्यबहार सम्पन्न गर्न र हाम्रो पूरै जिन्दगी बिताउन आवश्यक पर्ने गर्दछ । सम्बन्धहरु विभिन्न खालका हुन्छ्न । तिनै सम्बन्धहरुले हाम्रो जीवनलाई अघि बढाउन सहज,असहज बनाउने गर्दछ्न । जीवनलाई सार्थक,निरर्थक बनाउने कारक तत्त्व पनि सम्बन्धहरु हुन । नेपाली समाजमा केही उखान टुक्का पनि छन कि संगत गुणको फल, उहीँ ड्याङ्को मूला,गोरु बेचेको साइनो आदि यसको अर्थ ब्यक्तिको चरित्र,ब्याक्तित्वलाई सम्बन्धले प्रभाव पार्छ भन्ने बुझिन्छ । त्यही सम्बन्धलाई हिजोआज म पर्खालसंग तुलना गरिरहेको छु । मेरो बुझाई सम्बन्ध र पर्खाल उस्ता उस्तै हुन ।

कुनै सम्बन्धहरु ब्यक्तिले जन्मजात नै लिएर आएको हुन्छ । भनौ जन्मजात नै सम्बन्ध गाँसिएको हुन्छ । भनौ रगतको सम्बन्ध । जस्तो कि आमा,बाबा,दाजु,भाइ,दिदिबहिनी,मामा,माइजू,काका,काकी आदि । जिन्दगीमा यी सम्बन्धहरुको आफ्नै किसिमको महत्त्व छ । यी सम्बन्धहरु जीवनको अन्तिम अवस्था सम्म पनि कायम नै रहन्छ्न । तर यी बाहेकका अन्य सम्बन्धहरु पनि हुन्छ्न । नातागोता,आफन्त बाहेकको सम्बन्धलाई हामी सारमा साथी,मित्र,हितौषीको रुपमा सम्बोधन गर्ने गर्दछौ । यी सम्बन्धहरु जीवनका विभिन्न मोडमा जन्मिन्छ्न । सानो छँदा संगै खेलेको, स्कुल संगै पढेको,कलेज संगै पढेको,यात्रामा चिनजान भएको,साथी मार्फत चिनजान भएको,पिकनिकमा चिनजान भएको,खेल्दा चिनजान भएको,तालिमको क्रममा चिनजान भएको । अन्य सम्बन्ध भन्दा फरक तरिकाले साथीको सम्बन्ध बन्ने गर्दछ । कतिपय सम्बन्ध चिनजान मै सिमित हुन्छन भने कतिपय साथी अनि अझ नजिकको साथी बन्न्र गर्दछ्न । जे जसरी भेटघाट,चिनजान अनि साथी बनेका ती ब्यक्तिहरु संग सम्बन्ध निरन्तर नै रहिरहन्छ भन्ने छैन तर जीवनमा ती सम्बन्धको पनि कहि कतै महत्त्व भने हुनेगर्दछ । जब सम्बन्ध गाढा बन्दै जान्छ तब भने त्यस सम्बन्धले जीवनमा बिशेष महत्त्व राख्दछ । साथीको सम्बन्ध या नातागोता,आफन्तको सम्बन्ध तब मात्रै बिशेष हुनेगर्दछ जब दुबै तर्फबाट एकाअर्कालाई बिशेष मान्न्दछ,ठान्दछ । यसरी सम्बन्धको पर्खाल बिस्तारै चुलिन थाल्दछ । पर्खाल उठ्नलाई जग चाहिन्छ,जग बिना पर्खालको कल्पनै गर्न सकिन्दैन र सम्बन्धमा पनि यहि लागू हुन्छ । पर्खाल मजबुत र अग्लो बन्नलाई ईँटा,सिमेन्ट,बालुवा,मिस्त्रीको जरुरत पर्दछ । सम्बन्धमा पनि ईँटा,सिमेन्ट,बालुवा जस्तै एकाअर्का बीच इमानदार,सद्भाव,प्रेम,बिश्वास,सम्मान आदि आवश्यक छ । पर्खाललाई घामपानी,हावाहुरि आदिले भत्काउन खोज्छ,असर पार्दछ उसैगरी सम्बन्धमा पनि अनेक बाधा बिध्न आउने गर्दछ । यस्तो अवस्थामा दुबै जनाले सम्बन्धलाई टिकाइ राख्न चनाखो हुनुपर्दछ ।

सम्बन्ध गाँस्न खासै गाह्रो छैन । कहिकतै भेटिएको मान्छेसंग आफ्नो परिचय र उसको परिचय लिदै बिस्तारै निकटतम बढाए एक किसिमको सम्बन्ध स्थापित हुन्छ । तर त्यसलाई बिशेष बनाउन भने गाह्रो हुन्छ । सम्बन्धको पर्खाल दिगो बनाउन त्यति सजिलो छैन । हाम्रो जीवनमा अनि हामी आफैले पनि भोगेकै छौ र अरुको देखेको छौ । कुनै समय नङमासुको सम्बन्ध पनि चटक्कै टुटेको छ । बर्षौ टिकेको सम्बन्ध सानो तिनो निउँमा टुट्न सक्छ । सम्बन्धहरु अदृश्य हुन्छ्न तर एकदमै महत्त्वपूर्ण हुन्छ्न । जसले जीवनको हर मोडहरुमा बिशेष भुमिका खेल्दछ ।

सम्भावनाका ढोका सदा खुल्ला छ

सुन्दर सृष्टिका हामी अझ सुन्दर सृजना । बास्तबमा सृष्टि सुन्दर छ अनि हामी पनि सुन्दर छौ । यसलाई हामी नकार्न सक्दैनौ । यस धर्तीमा पाइला टेक्न पाउनु नै हाम्रो अहो भाग्य हो । हामी संग सबथोक छ । बाँचुन्जेल यो विशाल धर्ती,पृथ्वी हाम्रो हो । यहाँ जो कोहि पनि खाली हात आएका हुन । आफ्नो बुद्धि,बिबेक र मेहनतले आफ्नो अस्तित्वलाई जोगाई राखेका छ्न । सबै मानिस उहीँ हो फरक केही छैन,छ त केवल सोचाई अनि जीवनप्रतिको धारणा र सोही अनुसार व्यबहार ।

भनिन्छ,यस पृथ्वीमा,धर्तीमा तपाई हामीले खोजेको,चाहेको सबथोक पाउन सक्छौ । यो विशाल छ अनि यहाँ सबथोक छ । सबथोक हुँदा हुँदै पनि हामी कहिलेकाहि भने अलमलमा पर्छौ । अनि लाग्दछ कि यति ठुलो संसारमा पनि आफुले भने जस्तो के पनि छैन । बास्तबमा यो सोचाई गलत छ । अरुको उन्नति प्रगति देखेपनि आफ्नो नदेख्नु, आफुलाई अरुसंग तुलना गरिनु,आफुलाई जहिल्यै पनि तल देख्नु, यस्तै कारणले गर्दा हामी सदा दुखी हुन्छौ । तर एकपटक ठन्डा दिमागमा सोच्ने हो भने हामीले पनि अहिलेसम्म धेरै उन्नति प्रगति गरिसकेका छौ । हिजो हामीसंग के नै थियो र, खाली थियो हात,खाली थियो गोजि । यो संसारमा एक्लै आएका थियौ । आमा बाबा,दाजु भाइ,दिदिबहिनी भन्दै अहिले संसार बुझ्न सक्ने भएका छौ । यी पनि सानो उपलब्धि हैनन । हामीले आफ्नो भन्नू र यो संसारमा सहज रुपमा पाउने यिनै कुराहरु हुन । अब बाँकी आफ्ना चाहना,सपनाहरू पूरा गर्नलाई भने हामीले केही कसरत गर्नै पर्दछ । तर यो नभुलौ कि ती सम्भाव छ्न । जिन्दगीमा हरेक कुरा सम्भाव छ,फरक यति छ कि कसैलाई छिट्टै मिल्छ भने कसैले धेरै समय लाग्दछ । हरेक मान्छेहरू सम्भावना कै पछिपछि कुदिरहेका हुन्छ्न तर पनि भन्ने गर्छन कि असम्भव छ । अहिलेसम्म जे जे जति भए ती सबै खोज,अनुसन्धान,सोचाइकै परिणाम हुन । राम्रा नराम्रा,ठुला साना,प्रबिधिको बिकास सबै मान्छेको उपलब्धिहरु हुन । एकचोटि सोच्नुहोस तपाई कहाँ हुनुहुन्छ? जीवनको प्राप्ति के लाई मान्नु हुन्छ? तपाईका कस्ता सपनाहरू छ्न,ती प्राप्तिको लागि के गरिराख्नु भएको छ? निर्णय तपाईकै हातमा छ । आफ्नो यात्रालाई निरन्तर राख्ने,नराख्ने तपाईकै बिचार । यो नभुल्नुहोस तपाईलाई तपाई कै सोच,बिचारले डोर्‍याई रहेको छ ।

अन्ततः सम्भावनाहरु जीवन रहेसम्म रहिरहन्छ्न । कोशिस जारी राख्नुहोस । सकारात्मक सोच राख्नुहोस । दायाँबायाँ साथ सहयोग लिनुहोस र सकेको आफुले पनि सहयोग गर्नुहोस। ज्ञान बटुल्नुहोस । बिज्ञसंग सल्लाह सुझाव लिनुहोस । आफ्नो सोचाइको चौघेरा बढाउनुहोस । संसार तपाई कै पक्षमा छ । तपाईको लागि सम्भावनाका ढोका सदा खुल्ला छ ।

जिन्दगी

जीवनका दुई पाटा अँध्यारो,उज्यालो । सुख,दु:ख । आँसु,हाँसो । मिलन, बिछोड । सफलता, असफलता । उकाली,ओराली । जन्म अनि मृत्यु शाश्वत जस्तै लाग्छन । कसैको जीवन एकनासको छैन,एकनासले चल्दैन पनि । जब म जीवनलाई नजिकबाट नियाल्छु,यिनै दुई पाटा भेट्ने गर्छु । मैले जस्तै तपाईले पनि त जिन्दगीलाई नियाल्नु भएको होला । यस्तै यस्तै नै त होला तपाईको पनि जिन्दगी । तपाईले पनि यस्तै यस्तै नै त पाउनु हुन्छ होला तपाईको जिन्दगीमा ।

कोहि जिन्दगीलाई एउटा अवसरको रुपमा स्वीकार गर्दछ्न भने कोहि चुनौतीको रुपमा । कसैलाई दुखै दु:खको भुमरी होला जिन्दगी भने कसैलाई सुखै सुखको महासागर । सबैको नजरमा जिन्दगी एकैखालको छैन । जसले जस्तो भोग्यो, जस्तो भोग्दैछ उस्तै हो उसको जिन्दगी । जिन्दगी जिउने क्रममा अनेकन समस्याहरु आउने गर्दछ्न तर ती समस्याहरु समाधान पनि साथैमा लिएर आउने गर्दछ्न । फरक यति मात्र छ कि कसैले सजिलै समाधान गर्दछ्न भने कसलाई गाह्रो लाग्दछ । बुझ्नु पर्ने कुरा हरेक समस्याको समाधान छ । हुनत कहिलेकाही मन आतिन्छ । हतास हुन्छ । समस्याका पर्खालहरु नाघ्नै नसकिएला जस्तो लाग्छ । दु:ख,पीडा अनि असफलता मात्रै आफ्नो भागमा परे जस्तो लाग्छ । कति असहज बन्छ जीवन । जसको कुनै लेखाजोखा नहोला तर जीवन जिउनुको अर्थ यिनै समस्या,दु:ख,पीडा अनि असफलताहरुमा छ्न । सजिलो,सुखै सुखको समयमा त जो पनि सजिलै जिउन सक्छ तर यस्तो अवस्थामा गुज्रिरहेको बेला नै आफ्नो क्षमताको पनि मापन हुने गर्दछ । जब हामी यी असहज भुमरीबाट मुक्त हुन्छौ अनि सफलता,सहजता सुखको अनुभूति गर्दछौ अनि लाग्छ जिन्दगी दुखै दु:ख पनि होइन रहेछ । उकाली पछि बिसौने चौतारी पनि मिल्दो रहेछ। महान ब्यक्तिहरुको जीवनी पढ्दा थाहा हुन्छ कि सफलता,लक्ष्य,गन्तव्य पुग्नलाई के के सम्म गर्नु पर्दछ । त्याग, तपस्या,मेहनतका कुराहरु संगसंगै समयको महत्त्वलाई महशुस गर्न सक्छौ । बास्तबमा हामी जसलाई सफल ब्यक्तिको रुपमा देखेका छौ,बुझेको छौ अनि चिनेका छौ ती ब्यक्तिहरु महान हुन । जसलाई पढेर,सुनेर आउने पुस्तालाई समेत प्रेरणा मिल्दछ ।

जिन्दगीमा सबैको आआफ्नै खालका सपनाहरु छ्न । कतिका सपना सपनामै सिमित रहन्छ्न । कतिका पूरा पनि हुन्छन । आफ्नो क्षमता,सामर्थ्य अनुकूलका हाम्रा सपनाहरु पूरा हुनेनै छन । सपना पूरा गर्न साहस गरे आवश्य पूरा हुनेछ । आफ्नो क्षमता,सामर्थ्य भन्दा पराका सपना पूरा गर्नलाई भने साहसले मात्र पुग्दैन दुस्साहस नै गर्नु पर्ने हुन्छ ।

घडी

सानो छँदाका अनेक रहर मध्ये एउटा रहर हातमा घडी बाँध्ने थियो । आफू भन्दा ठुला बडाले हातमा घडी बाँधेको देख्दा मलाई पनि त्यसरी नै आफ्नो हातमा घडि बाँध्न मन लाग्थ्यो । स्कुल जाने समय,मेलापातबाट फर्कन,घाँस दाउरा गएर फर्कदा अनि कसैले कति बज्यो भनेर सोधे हात अलिकति घुमाएर सोध्ने मान्छेलाई समय बताउदा, समय बताउने मान्छेको मुहारमा एक किसिमको मज्जा देख्थे । मलाई थाहा त्यही रहर पूरा गर्न कहिलेकाही स्कुलमा सरको रातो बलपेनले नाडिमा घडिको चित्र कोरि मागेर चित्त बुझाउने गरिन्थ्यो । मलाई मात्रै नभएर मेरा साथीहरूलाई पनि घडी लगाउने खुब रहर हुन्थ्यो । जब हाम्रो हातमा सरले घडिको चित्र बनाइदिनु हुन्थ्यो तब हामीमा खुशीको असिम बर्षा हुने गर्थ्यो । कसैको घडिमा १ बजेको हुन्थ्यो त कसैको मा ३ कसैकोमा १२ बजिरहेको हुन्थ्यो । हामीलाई त्यसको कुनै मतलब हुदैनथ्यो । बालपनमा नाडिमा घडी बाँध्ने रहर यसरी नै पूरा गरेको थिए ।

समय बित्दै गयो । बिस्तारै ठुलो हुँदै गए, घडी बाँध्ने त्यो रहर जिवितै थियो । त्यो रहर कस्ले बुझ्ने ! हुनत घडीलाई आफ्नो नाडिमा बाँधेर समयलाई पनि बाँधेर राख्न सकिन्न । दिन र रातलाई हिसाब गरेर बनाइएको घडी ब्याट्री सकेर,बिग्रेर नचल्न सक्छ तर समय त निरन्तर चलिरहन्छ । समयको आफ्नै गति छ। यो छिटो पनि चल्दैन अनि ढिलो पनि चल्दैन । के धनी के गरीब सबैको समय एउटै हो। बालक,युवा र वृद्धको पनि समय एउटै हो । एक दिनमा २४ घण्टा हुन्छ र त्यही २४ घण्टाको समयमा आफ्ना दैनिकी पूरा गर्नुपर्ने हुन्छ । समयको यो पाबन्दिलाई नजरअन्दाज गर्नै मिल्दैन । हामी समयको दास नै त हौ । समयले नै हामीलाई राम्रो नराम्रो उपलब्धिहरु दिन्छ । तर ती उपलब्धि या प्राप्ति चै हाम्रो कर्ममा भर पर्छ ।

निक्कै पछि मलाई बाबाले घडी ल्याइदिनु भएको थियो । त्यो घडी लगाउन पाउँदा मलाई धेरै खुशी महशुस भएको थियो । त्यसपछी भने मैले विभिन्न खालका घडी लगाए । अहिले बुझ्दा चिमचिम घडी भनेर भनेका घडी डिजिटल घडी थिएछ भने अटोमेटिक र 12 बजे चाबी घुमाउएर लगाउने घडी भने एनलक घडी थिएछ्न ।अहिले त मलाई खासै घडीको रहर पनि छैन र लगाएको पनि छैन । मोबाइल बोक्न थालेपछि भने घडी लगाउनको कुनै आवश्यकता पनि रहेन ।

मुलाको अचार बनाउने बिधि

प्राय: सबैको भान्छा पाइने मुलालाई स्वादिष्ट अचार बनाउने सजिलो तरिका :

आवश्यक सामग्रीहरु:-
• ताज मुला 500g
• तोरीको तेल आवश्यकता अनुसार
• मेथीको दाना 100g
• बेसार आवश्यकता अनुसार
• कागती 3 ओटा
• खुर्सानी आवश्यकता अनुसार
• नुन आवश्यकता अनुसार

बनाउने विधि
• मुलालाई सफा पानीले पखालेर लाम्चो आकारमा सानो सानो गरि काट्ने ।
• स्वाद अनुसार नुन राखेर केहीबेर मोल्ने ।
• तेललाई फ्राईपेनमा राखेर तताउने अनि मेथी हालेर रातो हुने गरि भुट्ने ।
• केहिबेर पछि त्यसमा बेसार पनि हालिदिने ।
• तेललाई सेलाउन दिने ।
• अब मुला राखिएको भाडामा सबै खन्याउने र आवश्यकता अनुसार खुर्सानी राखी मोल्ने ।
• स्वादिष्ट मुलाको अचार तयार भयो ।

भाषा

हामी मानव जाति मात्रै यस्तो प्राणी हौ कि हाम्रा भावनाहरु एक अर्का बिच सम्प्रेषण गर्न भाषाको प्रयोग गर्ने गर्दछौ । अन्य प्राणी भन्दा बिबेकशील भएर नै जंगली अवस्थामाबाट अहिलेको अवस्थामा आउन सफल भयौ । सांकेतिक भाषाबाट बिस्तारै बोलचाली भाषाको बिकास गरे, त्यसलाई अझ मजबुत बनाउन अक्षरको प्रतिपादन गरे । संसारभर लाखौ भाषाहरु बोलिन्छ्न । नेपालमा मात्रै पनि लगभग पाँच सय भाषा जति बोलिन्छ्न भने कतिपय भाषाहरु लोप हुने अवस्थामा पुगेका छ्न । यसो हुनुमा राज्यले बेवास्ता गर्नु र ती भाषा प्रयोग गर्ने बक्त्ता कम हुनु साथै अन्य भाषाको अतिक्रमणमा परेर पनि ती भाषा लोप हुने क्रममा छ्न । यसलाई जोगाउन राज्यले बिशेष पहल गर्न जरुरी छ ।

पाषाण युगमा भाषाको बिकास नहुँदा दैनिक कार्यमा निकै कठिन थियो भनेर अनुमान गर्न सकिन्छ । उक्त समयमा सांकेतिक भाषालाई एक अर्का बीच सम्पर्क गर्ने एउटा विकल्पको रुपमा प्रयोग गरिन्थ्यो । जब मान्छे समुहमा बस्न थाले, खेतीपाती गर्दै आफ्नो जीवनयापन सुरु गरे तब भाषाको पनि बिस्तारै बिकास हुन थाल्यो । बिस्तारै आफ्नो आवाजलाई भाषाको रुपमा प्रयोग गर्न थाले । विभिन्न किसिमका अर्थबिहीन आवाजलाई बिस्तारै एकर्का बीच सम्पर्क आफ्नो मनको कुरा व्यक्त गर्ने माध्यमको बिकास भयो । भाषाको बिकास हुँदै जाँदा मान्छेलाई आफ्नो दैनिकीमा सहजता हुनथाल्यो । भाषाको महत्त्वलाई बुझे अनि भाषालाई शब्दमा लेख्न प्रयास गरे । यसो गर्दा भाषा झन शक्तिशाली बन्न पुग्यो । समाजका बिशिस्ट ब्यक्तिहरुले आफू अनुकूल अक्षर बनाए अनि प्रयोगमा ल्याए । भाषाको बिकास हुन निकै समय लाग्यो । त्यतिबेलाको समयमा हरेक कुरा अभाव थियो । लेख्नलाई कापी,कलमको बिकास भएको थिएन । त्यसैले पनि भाषाको बिकास हुन निकै समय लाग्यो ।

आज भाषाको बिकासले गर्दा हरेक क्षेत्रमा सहजता छ । भाषाले गर्दा नै आफ्ना बिचार सबै सामु आदानप्रदान गर्न सजिलो भएको छ । भाषाको बिकास नभएको भए मानव समुदायको यसरी बिकास पनि हुने थिएन । आफ्ना बिचार सबै सामु राख्न सजिलो भएको छ । ज्ञान गुणका कुरा बाँड्न सजिलो भएको छ । भाषाको बिकासले गर्दा नै आज संसार भरिका मानिस संग सम्पर्क गर्न सकिएको छ। सूचना,समाचार आदानप्रदान संभाव बनेको छ । भाषा पुस्तान्तरण हुन जरुरी छ । नत्र भने बिस्तारै लोप हुन सक्छ। जनसंख्याको हिसाबमा सबैभन्दा धेरैले जनाले चिनियाँ भाषा बोल्न गर्दछ्न भने धेरै ठाँउमा अंग्रेजी भाषा बोल्ने गरिन्छ ।

परिवर्तनका नयाँ पाइलाहरु

समय गतिशील छ । म गतिशील नभए पनि समयले मलाई गतिशील बनाई छोड्ने रहेछ । हिजोआज मलाई यी कुरा महशुस भइरहेको छ । म आफुलाई स्थिर राख्न चाहन्छु । हिजो जस्तो थिए, आज र भोलि पनि म त्यस्तै रहिरहन मन छ । मेरो बोलचाली, लवाई खुवाई, साथी, आफन्त,सहमित्रहरु संग पनि उहीँ पहिलाको जस्तै व्यबहार गरु लाग्छ तर समय बित्दै जाँदा त्यसो नहुने रहेछ । समयसंगै बद्लिदै अघि बढ्नु पर्ने रहेछ । भट्टीमा बसेर चिया पिउन खोज्नु बास्तबमा गलत रहेछ । जो जस्तो छ,सोही अनुसार व्यबहार पनि गर्दै जानूपर्ने रहेछ ।

जीवनको यो यात्रामा भेटिने अनेक खालका ब्यक्तिसंग अनेक चरित्र निर्वाह गर्न सक्नु, को कस्तो खालको साथी हो चिन्न सक्नु पनि एक किसिमको कला नै रहेछ । जुन समयले नै मलाई सिकाउने रहेछ । यदि यो कला सिकिन र सिक्न चाहिन भने मेरो महत्त्व,मेरो अस्तित्व नै खतरामा पर्ने रहेछ । यहाँ धेरै मान्छे स्वार्थमा सम्बन्ध गाँस्दा रहेछ्न । जसलाई मैले चिन्नै पर्छ । कतिपय मान्छे त कुल्चेरै अघि बढ्न खोज्दा रहेछ्न । आशा भरोसा अनि बिश्वास जस्ता कुराहरु हराउँदै गएको महशुस गरिरहेको छु । मलाई लाग्छ जब सम्म ब्यक्तिले मानवीय गुण भुल्छ तब सम्म यस्तै कार्य गरिरहन्छ । आफू भित्रको अहंकारले गर्दा पनि अरुको भलाई चाहदैन रहेछ मान्छे । मै मात्रै खाउ,मै मात्रै लाउ,मै सुखी रहुँ,मै मोज गरु जस्तो भावना मनमा पालिरहदो रहेछ मान्छे । भन्नलाई जेसुकै भनेपनि भोलिको जिन्दगी भन्दा आजको जिन्दगी जिउन चाहदोरहेछ मान्छे । संगत गर्दै जाँदा मान्छेका अनेकौं रुपहरु समयसंगै देखिने रहेछ ।

मैले आज सम्ममा धेरै ब्यक्तिलाई भेटेको छु । धेरैसंग विभिन्न साइनो गांस्दै नजिक पनि भएको छु । ती सम्बन्धहरुमा को कस्तो खालको ब्यक्ति थिए मैले खासै ध्यान दिइन,किनभने जस्तो अवस्थामा भेट हुन्थ्यो त्यही अवस्थामा ती छुटिन्थे । सम्बन्धहरु क्षणिक लाग्थ्यो । तर मैले ती सम्पर्कमा आएका ब्यक्तिहरुबाट छोटो समयमा धेरै कुरा सिक्न पाए । म भित्रको म लाई खोज्ने मौका पाए । म हुनुको अर्थ खोज्न बाध्य बने । यहि त रहेछ समय,जसले केही नगर्दा पनि सिकाउने रहेछ । म झस्किन्छु घरीघरी किनभने कतिपय सम्बन्ध,साथीहरू जीवनका यस्तो मोडमा भेटिएका थिए,जसले गर्दा म अहिले यहाँ छु । ती ब्यक्तिहरु प्रति म सदा आभार व्यक्त गर्न चाहन्छु । तिनै ब्यक्तिहरुले मलाई जिन्दगी जिउन सिकाए अनि गए । जिन्दगीको बाटोहरु पहिल्याउन सिकाए । अझै बाकी छ जिन्दगी र आशा राख्छु कि मलाई फेरि यस्ता महत्त्वपूर्ण ब्यक्तिहरु पुनः भेट्न पाउ ।

र अब म समय सगै बिस्तारै बिस्तारै परिवर्तन हुँदै जानुछ । समयको गतिलाई पछ्याउनु छ । म जति पछाडि छु त्यति नै अगाडि जानुछ । कतिपय कुराहरु नचाहेरै छेउ नपर्दा रहेछ्न । त्यसैले अब भने केही हिम्मत गर्नुछु । असम्भव र सक्दिन भन्ने सोचमा परिवर्तन ल्याउनु छ । आजैबाट म मेरो सोचाइलाई फराकिलो र परिवर्तन गर्नेछु ।

मेरो त्यो स्वभाव बिस्तारै परिवर्तन भयो

जब म सानो थिए, म धेरै नै लजालु स्वभावको थिए । म किन त्यति सार्‍है लजाउथे मलाई थाहा छैन तर अहिले सम्झिनदा लाग्छ कि त्यो परिवेश अनि साथीसंगीको संगत पनि त्यस्तै खालको थियो त्यसैले नै म लजाउने गर्थे । मान्छेको आनी बानी, स्वभाव पनि अजिब अजिबका हुन्छ्न । कोहि बिरालो देखि डराउने,कोहि मान्छेसंगै डराउने,कोहि कसैसंग नबोल्ने,कोहि घर देखि बाहिर निस्कनै नचाहने त कोहि घरभन्दा बाहिर नै रमाउने । त्यसतै गरि म चै लजालु स्वभावको थिए । म आफुभन्दा ठुलोसंग डरले बोल्न सक्दिन थिए भने केटि मान्छेहरुसंग त दस कोस परै हुन रुचाउथे । यो बानीले मलाई आई.ए. पढ्दा सम्म छोडेन ।

मान्छेको चालचलन,स्वभाव परिवर्तन हुन उ बसेको परिवेशले पनि निकै महत्त्वपूर्ण भुमिका खेल्ने रहेछ । ब्यक्तिको परिवर्तन हुन उक्त ब्यक्तिको संगत,सम्पर्क र उमेरले पनि बिशेष महत्त्व राख्ने रहेछ । मेरो लागि यी चिजहरुले केहि मात्रामा असर पर्‍यो । जब म बि.ए. पढ्न थाले र सानो भए पनि काम थाले त्यसपछी भने बिस्तारै मेरो संगत विभिन्न ब्यक्तिहरुसंग हुन थाल्यो । मेरो सम्पर्कमा अनेक खालका ब्यक्तिहरु आउन थाले । ती ब्यक्ति महिला,पुरुष जो पनि हुन्थे । अब भने ती ब्यक्तिसंग नबोली नहुने भयो । बिस्तारै सोचाइहरु पनि परिवर्तन हुन थाल्यो । चिनजान,बोलचालको महत्त्व पनि महशुस हुन थाल्यो । त्यसपछि भने मेरो नबोल्ने,लजालु स्वभाव बदलियो । पछि थाहा भयो कि बोल्न खासै गाह्रो र अफ्ठ्यारो नहुने रहेछ । पहिला पहिला म के बिषयमा बोल्ने होला ?कसरी बोल्ने होला? के पो सोच्छ कि भनेर बोल्दिन थिए । बोल्नलाई लाज पनि लाग्थ्यो तर बोल्नलाई आफै विभिन्न बिषयहरु आउने रहेछ। लजाउनु पर्ने,अफ्ठ्यारो मान्नु पर्ने कुनै कारण नै छैन रैछ । हिजोआज जब म बोल्न थाल्छु,तब अर्को ब्यक्ति भन्दा मै धेरै बोल्छु जस्तो लाग्छ ।

कतिपय भेटघाटमा नबोली बसिरहदा पनि खासै फरक पर्दैन तर हिजोआज म नबोली, आफ्नो मनको खुल्दुली व्यक्त नगरी बस्नै सक्दिन । अनि सम्झन्छु ती बाल्यकाल, लजाउदै नबोलेको त्यो क्षणहरु । बास्तबमा जब आफ्ना बिचार व्यक्त हुन्छ तब मात्रै आफू खुलेको महशुस हुने रहेछ । अझै पनि देख्छु कति साथीहरू खासै नबोल्ने,बोल्दा लजाउने,धकाउनेहरु । ती साथीहरूलाई देख्दा मै चुप छु । म आफू नै बन्द छु जस्तो महशुस गर्छु । अनि म ती साथीहरूलाई बोल्न प्रेरित गर्छु ।

मैले किन लेखिरहेको छु ?

हिजोआज म मनका उकुसमुकुसलाई शब्दमा उतार्न कोशिस गरिरहेको छु । हरेकदिन अनेकौं कुराहरु मनमा खेलिरहन्छन,त्यसैले ती सबै कुराहरु सिलसिलाबद्ध रुपमा यो ब्लगमा लेखिरहेको छु । जब म केहि लेखूँ भनी सुरुवात गर्छु तब एक्कासी मनमा अनेकौं कुराहरु थुप्रिन थाल्छ्न । म कुनै एक विषयमा लेख्न चाहन्छु तर अनेक कुरा मनमा खेल्न थालेपछि म कुनै विषयमा लेख्नै सकिरहेको छैन । लेख्नलाई धेरै विषयबस्तु भेट्छु तर यहि विषयमा लेखु भनेर जब सुरु गर्छु तर दुई लाइन लेखेपछि रोकिन्छु । कति राम्रा अनि महत्त्वपूर्ण विषय भेटेपनि निरन्तर शव्दहरुमा त्यस विषयलाई लेख्दै अगाडि बढाउन सक्दिन । हुनत लेखन पनि एक किसिमको कला नै हो, यसलाई निखार्न निरन्तर अरु लेखकहरुले लेखेका लेखको अध्ययन र लेखनको अभ्यास जरुरी छ । त्यसले पनि म हिजोआज निरन्तर अध्ययन र लेखनमा ब्यस्त छु ।

एउटा राम्रो लेखक बन्न कुनै बिश्वविद्यालयमा भर्ना नै हुनुपर्छ भन्ने छैन । तर बिश्वबिद्यालयको शिक्षाले लेखनका सैद्धान्तिक र आधारभुत नियमहरुको ज्ञान भने राम्रोसंग प्रदान गर्दछ । त्यसैले लेखकसंग बिश्वबिद्यालयको ज्ञान पनि भए अझ सूनमा सुगन्ध हुन्छ यो मेरो ठम्याई हो । मैले पनि लेखन सम्बन्धि विभिन्न तालिमहरु लिएको छु, तालिमको बखत विभिन्न विषयमा लेखेको पनि थिए तर ती सबै तालिम सकिए संगै लेखन कार्य पनि सकिए । तर कसै कसैसँग भने जन्मजात नै लेख्न सक्ने कला हुनसक्छ । मसंग चै त्यस्तो जन्मजात लेखनकला छैन जस्तो लाग्छ त्यसैले निरन्तर अभ्यास गरिरहेको छु । मलाई बिश्वास छ, लेख्दै जाँदा मेरो लेखाइमा सुधार आउनेछ । मैले हरेक दिन विभिन्न लेखकका लेखहरु पढी नै रहेको छु । नेपालका धेरै लेखकहरु मलाई मन पर्छन । जसमध्य नयनराज पाण्डे,बिजयकुमार पाण्डे, डा. तारानाथ शर्मा,लक्ष्मीप्रसाद देबकोटा,ध्रुवचन्द्र गौतम,भैरब अर्याल,रामलाल जोशी(ऎना कथासंग्रह, कथाकार) सरु भक्त,कृष्ण धाराबासी,नारायण वाग्ले,राजन मुकारुङ,अमर न्यौपाने,बुद्धिसागर,जगदीश घिमिरे,झमक घिमिरे,उपेन्द्र सुब्बा आदि । मलाई यी लेखकहरु विशेष लाग्दछ्न ।

अबका दिनहरु यस्तै लेखहरु लेख्दै पोस्ट गर्ने सोचमा छु। यी लेखहरुबाट तपाईले खासै के पनि पाउनु हुन्न होला तर तपाईले यश लेखहरुमा अनेकौं गल्तीहरु भेट्याएर आफ्नो लेखनकार्यलाई सुधार्न सक्नु हुनेछ भन्ने बिश्वास लिएको छु । मेरो लेखाईमा बिस्तारै गुणस्तर आउनेछ,त्यसपछि भने तपाई पनि मेरो नियमित पाठक बन्नु हुनेछ । हाहाहा.... ल है त आजलाई यति ।

मेरो सपना

म समयको पछिपछि कुदिरहेको छु । समय मलाई छोडेर अघिअघि कुदिरहेको छ । म समयलाई भेट्न हतार गर्छु तर समय मलाई छोडेर जान हतार गर्छ । मेरा प्रत्येक पाइलाले समयलाई थिच्न खोज्छु तर समय मेरो पाइतला भन्दा एक कदम अघि छ त्यसैले म समयलाई आफ्नो पाइतलाले थिच्न कहिल्यै सक्दिन । मैले मेरो एक पाइला मात्रै ढिलो चलाए भने समयले मलाई दुई पाइला छोडेर जानेछ । अनि बिस्तारै कहिल्यै भेट्ने नै छुइन । यो सत्य हो समयलाई इन्द्रेको बाउ चन्द्रेले पनि समाएर राख्न सक्दैन ।

मेरो सपनाको संसारमा पुग्नलाई म हतारमा छु । अरु कसैको बारेमा चियो चर्चा गर्न मलाई एकछिन पनि फुर्सद छैन, । किनकी म मेरो सपनालाई अरुको सपना भन्दा महान ठन्दछु । मेरो लक्ष्य,उद्देश्य जे भनु ती सबै मेरा हुन । मलाई अरु कसैको जस्तो पनि बन्नु छैन । मेरो हरेक पाइलाहरु भोलिको निम्ति लम्किरहेका छ्न । म चाहन्छु कि यसरी अघि बढिरहदा मैले कसैको चित्त दुखाउन नपरोस । कसैलाई कुल्चेर पनि हिड्न नपरोस । मेरा सपना र समय अब एक अर्कामा परिपुरक बनेको छ । अलिकति मात्रै मैले समयलाई हेल्चक्र्याई गरे भने मेरो सर्बस्व डामाडोल हुनेछ । म चाहन्छु कि मेरा सपनाहरू चाडै पूरा होउन् । मलाई थाहा छ र अहिले महशुस गरिरहेको छु,सपनाको संसारमा पुग्न साच्चिकै कठिन छ । अनेकौ बाध बिध्नहरुको सामना गर्न गाह्रो छ । कहिलेकाही ती सपनाहरूलाई थाती नै राखिदिउ जस्तो लाग्छ । फेरि त्यही बेला क्षितिजमा आशाका धर्सोहरु देख्छु अनि पुनः यात्रालाई निरन्तरता दिन्छु ।

कतिपय सपनाहरूको मृत्यु पनि हुदोरहेछ । समय परिस्थितिले ती सपनाहरू कहिल्यै उठ्न नसक्ने गरि थिचिने रहेछन । ती मृत सपनाहरू घरीघरी मनमा आएर झस्काउने गर्दछ्न । आखिर ती सपनाहरू पनि त अर्थपूर्ण नै थिए कुनै समयमा र नै त यसरी कहिलेकाही फुर्सदमा सताएको होला ।

मज्जाको संसार, फेसबूकको संसार

फेसबूकमा नभेटिने मान्छे सायद कमै होलान । मोबाइल चलाउने प्रायः सबैसँग फेसबूक परिचित छ । के गाउँ, के शहर सबै तिर फेसबूक चलाउने उत्तिकै छ्न । फेसबूकले संसारलाई यसरी बाधेको छ कि अब फेसबूक बिनाको जीवनशैली नै अधुरो जस्तै भइसकेको छ । फेसबूकले मानिसको जीवनशैलीलाई नै परिवर्तन गरिदिएको छ । त्यसैले हरेक दिनको दैनिकी फेसबूकबाटै सुरु हुने गर्दछ ।

हिजोआज हरेकको दैनिकी बिहान उठ्ने बित्तिकै शुभप्रभात स्टेटसबाट सुरु हुन्छ । त्यही स्टेटसलाई लाइक र कमेण्ट गर्दै अघि बढ्छ दिन । चियापान, अफिस जाने समय अनि अफिसको समयमा अफिसबाटै फेसबूक अपडेट गर्दै दिन बित्छ र राती सुत्ने बेलाको शुभरात्री स्टेटस सम्म फेसबूक चल्छ । यस बिचमा साथीहरुको स्टेटस अनि फोटोहरुमा लाइक र कमेन्ट पनि गर्न भ्याइनभ्याई हुन्छ । मान्छेहरु ब्यस्त समयको बाबजुद पनि फेसबूकमा झल्याक झुलुक झुल्किएकै हुन्छन । फेसबूक प्रति यति धेरै क्रेजि हुनुमा फेसबूकको फिचार्स नै मुख्य कारक मान्न सकिन्छ । चलाउन सहज अनि हरेक बिषयबस्तु फेसबूकमा भेटिनु,सेयर गर्न सक्नु पनि फेसबूकको आकर्षक पक्ष हुन । फेसबूकले गर्दा कहिकतै घुम्न जाँदा या कुनै कार्यक्रममा सहभागी हुँदाको त्यो पललाई फोटोमा उतारेर आफ्ना फ्रेण्डलिस्टमा भएका सबैलाई बाड्न अनि जानकारी गराउन सजिलो माध्यम बनेको छ । अहिले त झन लाइभ भिडियो मार्फत सिधै सम्पूर्ण दृश्यहरु फेसबूक मार्फत प्रशारण गर्न पनि निकै सजिलो छ ।

ईन्टरनेटको यो दुनियाँमा फेसबूक मात्र नभएर अरु पनि धेरै सामाजिक संजालहरु छन तर पनि फेसबूक नै सबैको लागि प्रिय बनेको छ । विभिन्न कम्पनीहरुले आफ्ना सामानहरु फेसबूक मार्फत नै बिक्री बितरण गर्ने चलन पनि सुरु भइसकेको छ । फेसबूक मार्फत सजिलो अनि सस्तोमा बिज्ञापन र बेचबिखन गर्न विभिन्न कम्पनीहरु लालयित छ्न । फेसबूकमा के सेयर भएको छैन ? तपाईको रुचिलाई आधार मानेर तपाइको वालमा साथी देखाइदिन्छ । जब एकजना साथी तपाईसंग जोडिन आउँछ तब तपाई फेसबूकको दुनियाँमा जोडिन पुग्नु हुन्छ । तपाईलाई मनपर्ने ब्यक्ति जब देखि मैले पनि फेसबूक चलाउन थाले तब देखि आज सम्म चलाई नै राखेको छु । घरीघरी नचलौ कि जस्तो लागेर बन्द गर्न खोज्छु तर फेरि मनले मान्दैन । कहिलेकाही त यस्तो लाग्छ कि फेसबूक चलाउनु भनेको समयको बर्बाद गर्नु हो । यदि फुर्सद छ भने फेसबूक समय कटाउन सजिलो माध्यम हो । तर फेरी विभिन्न ब्यक्तिहरुको बिचार पढ्न र उनीहरुको दैनिकी के कसरी बितिरहेको छ भनेर थाहा पाउन मन लाग्छ अनि फेरि फेसबूक लग इन गर्छु ।

हुनत हरेक चिज,बस्तुको राम्रो र नराम्रो पक्ष हुन्छ । त्यसो भएको हुनाले फेसबूकको पनि राम्रो नराम्रो दुबै पक्ष छन । राम्रो पक्षलाई लिन सके यसबाट धेरै फाइदा लिन सकिन्छ भन्ने मेरो मान्यता रहेको छ । फेसबूकमा तपाई पनि आजै जोडिनुहोस अनि भर्चुअल संसारमा रमाउनुहोस । आफ्ना बिचार निर्धक्क व्यक्त गर्नुहोस ।

जिन्दगी, बन्दा खाम

जिन्दगी एउटा बन्द खाम भित्र लेखिएको पत्र हो । जहाँ जीवनका गम्भीर रहस्यहरु लेखिएका छ्न । बन्द भएरै होला सायद जो कोहिले यो खोल्दैनन् र खोल्न चाहदैनन् । आफ्ना बिगत,बर्तमान र भबिस्यलाई बुझ्न चाहनेहरुले भने हरेक क्षण खोलेर पढिरहन्छ्न । बन्द खामभित्र लेखिएका शब्दहरु अस्पष्ट र किलिस्ट पनि पक्कै छैनन् र पनि धेरै जसोले खोल्न चाहदैनौ । हामीमा एक किसिमको भय छ र नै हामी जिन्दगीको त्यो पत्र खोलेर पढ्ने हिम्मत गर्दैनौ । जिन्दगी जिउने क्रममा अनेकौं बाधा अड्चनहरु आउने गर्दछ्न अनि सोचे जस्तो र सजिलो पनि छैन। घरीघरी त लाग्छ कि यस्तो पनि के जिन्दगी ? हामीलाई थाहा छ,समस्या संगै समाधान पनि छ तर आतिन्छौ, हतास हुन्छौ । निराश कै बादलले जहिल्यै पनि घेरिरहे झै लाग्छ। बास्तबमा एकचोटी मात्रै राम्रो संग घोत्लिने हो भने जिन्दगी कति सरल र सहज छ । जसले बुझेको छ जिन्दगी उसैले मज्जा लिइरहेको छ ।

प्रायः हामी अरुको जिन्दगी देख्छौ र पढ्छौ । अनि आफ्नो जिन्दगीसंग तुलना गर्छौ । हामी कागले कान लग्यो भनेर कागको पछि लाग्छौ तर कहिले पनि आफ्नो कान छाम्ने चेष्ट गर्दैनौ । एकचोटी आफुले आफैलाई नियालेर हेरे पक्कै पाउने छौ सबै समस्याहरुको समाधान अनि जिउनुको मज्जा । बास्तबमा हामी ईश्वरको अनुपम र सुन्दर सृष्टि हौ ।अन्य प्राणिहरु भन्दा हामी कयौं गुण क्षमतावान छौ । हामी मात्रै यस्तो प्राणी हौ कि हामी देखेर,सुनेर,स्पर्श गरेर सोही अनुरुप प्रतिक्रिया व्यक्त गर्न सक्दछौ । यो जिन्दगी साच्चै अमुल्य छ । विभिन्न रोग ब्याधीबाट वच्न औषधिको बिकास गरेका छौ । हुनत जिन्दगीलाई मृत्युबाट बचाउन त सकिन्दैन तर मृत्युलाई केही पर सार्न भने सक्छौ । आजको प्रबिधि र बिकासले ।

यति सुन्दर जिन्दगी अनि सिमित समयमा हामीले धेरै थोक गर्नुछ तर घरीघरी हामी आफ्नो जिन्दगीरुपी खाम खोल्न छाडेर अरुको खोल्न खोज्छौ । सकेजति खोल्छौ र पढिदिन्छौ। राम्रो कुरा लुकाउछौ,नराम्रा जति सबैलाई बाँड्न पनि पछि पर्दैनौ । काल खण्ड बद्लिएर होला सायद हामीले सोच्ने र गर्ने व्यबहार पनि बद्लिएको ।

पाषण युगबाट अहिलेको आधुनिक युग सम्म आईपुग्न कयौं समय खर्चिसकिएका छौ । जिन्दगीलाई सुविधा सम्पन्न बनाउने क्रममा अनेकन प्रयोग र प्रबिधिको बिकास भएका छ्न तर प्रबिधिको बिकास, साधन स्रोतको उच्च प्रयोगले सुबिधा भन्द पनि झन जटिलता तर्फ गइरहेको छ जिन्दगी । यति हुदाहुदै पनि जिन्दगीको त्यो बन्द खामलाई खोलेर हेर्ने साहस गर्नेहरुले जिन्दगीलाई आफू अनुकूल डोर्‍याउन सफल छ्न । ती महापुरुषहरु जिन्दगीको एउटा सिमित समय अवधिलाई भरपुर सदुपयोग गरि भोलिका पुस्तालाई भनेर धेरै योगदान दिएर बिदा भएका छ्न । आफ्ना अनुभव अनि क्षमतालाई सम्झना लायक बनाएर कहिले नफर्किने बाटोबाट टाढिएका छ्न ।

जिन्दगीको कुनै प्रयोजन पक्कै छ,जसलाई हामीले समयमै चिन्न सक्नु पर्दछ। बन्द खामलाई एकचोटी खोल्ने दुस्साहस गर्नै पर्दछ । खोलेपछी थाहा हुनेछ जिन्दगीको प्रयोजन । सोही अनुरुप आफुलाई समर्पित गर्न सके जिन्दगी सार्थक हुनेछ,बन्नेछ। आखिर खाली हात आएका हौ एकदिन खाली नै जानू छ । आखिर मरेर लानु के नै छ र, दिएर जानू त धेरै नै छ नि ।

निलो रंगको साथी


मनपर्ने रंग निलो हो । एकदिन अचानक एउटा यस्तो साथीसंग भेट भयो कि उसलाई पनि निलो रंग नै मन पर्दोरहेछ । उसले मलाई आफ्नो घर लिएर गयो । जब म साथीको घर पुगे, घरको रंग बैजनी र पहेलो थियो तर आफ्नो कोठाको ढोका र झ्यालको रंग निलो थियो । हामी सरासर भित्र पस्यो । कोठाको चारै भित्ताको रंग निलो थियो । माथि सिलिङमा भने सेतो रंग थियो तर त्यहाँको सजावट भने निलो रंगले गरिएको थियो । म यी दृश्यहरु हेर्दै मख्ख परे । मलाई छेउको कुर्सीमा बस्न भन्यो । त्यो कुर्सीको रंग पनि निलो नै थियो । उ आफ्नो झोलालाई दराज राख्नै लाग्दा याद भयो कि उसको झोलाको रंग पनि निलो नै रहेछ ।

निलो रंग प्रतिको यो मोह देख्दा म अचम्ममै परे । बेडमा ओछ्याइएको बेड कभरको रंग निलो अनि सिरक पनि निलै थियो । उसले बैनीलाई चिया बनाएर ल्याउन भन्यो । एकैछिनमा चिया आयो । उसको चिया खाने कपको रंग पनि निलै रहेछ । उसले चिया पिउदै गिटारको ब्यागबाट गिटार निकाल्यो, वाह ! गिटारको रंग पनि निलै । उसले मलाई केही गीतहरु सुनायो । उसको मिठो गला थियो । साच्चै मन छुने गीतहरु गाएर सुनायो । अन्त्यमा उसले निलो रंग शिर्षकमा एउटा गीत तयार पारेको रहेछ,केही दिनमै रेकर्ड गर्ने कुराको जानकारी गरायो । मलाई त्यो गीत सुन्न एकदमै उत्सुकता लागेर आयो । मैले गाउन अनुरोध गरे । मेरो अनुरोधमा साथीले गीत गायो । गीत असाध्यै सुमधुर,मिठो बनेको रहेछ । मैले साथीलाई अग्रिम शुभकामना व्यक्त गरे ।

हामीले विभिन्न बिषयमा कुराकानी गर्‍यौ । मुख्यत हामीले जीवनका आरोह,अवरोहहरु कै बारेमा कुराकानी गर्‍यो । हाम्रा धेरै सोचबिचारहरु मिल्ने खालका रहेछ । ती कुरा आजको बसाइमा थाहा भयो । निकैबेरको त्यो बसाइ पछि म बिदा हुन लागेको थिए । उसले आफ्नो दराज खोलेर मलाई निलो रंगको एउटा रुमाल चिनो स्वरूप हातमा थमाई दियो । मैले के पनि भन्न,दिन सकिन । साथीलाई धन्यवाद दिएर फर्के । आजको दिन अरु दिनहरु भन्दा विशेष रहेको महशुस गरे ।

Practice Makes Man Perfect !

It is such a truth proverb Practice Makes Man Perfect. In my life, I have experienced many times. When I was child, I was really unable to write any alphabet properly as well as right in order. My mother, brother,sister and my teacher used to teach me giving same alphabet many times. I used to follow their instructions, after many days later my writing skill used to improve slowly. I remember one incident, when I completely learnt to write all alphabets my teacher was very happy and said to me, Very Good, Well Done! so I consider that practice made me perfect.

Now, I knew that if you want to improve your any kind of activities,skills, Practice More. There is one and last option is practice to improve your skills. Practice is key of success. But don't forget that your every practice should be with proper guidance and regular. Many people aren't aware about this main key Practice so they are under the success and un-improve skills. I have read many successful story by doing their hard work. Hardworking and practice aren't same but it depends each other.

साँझपख, एकान्तमा ।

आज शुक्रबारको दिन । नेपालमा जस्तै यहाँ (अबुधबी) पनि हाफ डे मात्रै काम हुन्छ । यसलाई जुम्माको दिन भनेर पनि भनिने गर्दछ । तर मेरो भने आज छुट्टी थिएन । बेलुकीको डिउटी जाने क्रममा एक्कासी ड्राइभरले आज डिउटी सकेपछि मरिना विच पौडी खेल्न जाने कुरा गर्‍यो । मलाई पनि पौडी असाध्यै मन पर्छ । लगभग 5 मिनेटको बाटो हिडिसके पछि हामी पुनः पौडी खेल्न आवश्यक लुगाफाटा लिन कोठा फर्क्यो । त्यसपछि हामी डिउटी लाग्यो ।

हुनत आज खासै काम पनि थिएन । त्यसकारण एकैछिनमा अर्जुन भाइ आफ्नो स्टोक चेक गरेर निस्क्यो । अनि मैले हेर्ने मार्केट गयौ । म पनि आफ्नो स्टोक हेरेर छिट्टै निस्के । त्यसपछी हामी सरासर मरिना विच तर्फ लाग्यो । त्यहाँ पुग्दा साँझको 7:30 जति भैसकेको थियो । निक्कै मान्छेहरु अघि देखि नै पौडी खेलिरहेका थिए । कोहि माछा पनि मारिरहेका थिए । कोहि बोटिङ्ग गरिरहेका थिए । ठुलो ठुलो आवाजमा गीतहरु पनि घन्किरहेको थियो । मान्छेहरुको निकै बाक्लो जमघट थियो । हामी पनि त्यही भिडमा मिसिएर लगभग एक घन्टा जति पौडी खेल्यौ । केही क्षण भएपनि रमाइलो भयो । त्यही समयमा खिचिएका केही तस्बिरहरु ।







मलाई मनपर्छ ।

मलाई मनपर्छ शिर्षकमा मलाई मनपर्ने कुराहरु लेख्न मन छ । तपाईलाई मनपर्ने नै मलाई पनि मन पर्न सक्छ तर तपाईलाई मनपर्ने सबै मलाई मन नपर्न सक्छ । मलाई मनपर्ने विवरण लामै हुनसक्छ । मलाई मनपर्ने सबै विवरण लेख्न मन छ । सानैबाट म एउटा रहरे खालको बच्चा थिए । सानो हुँदा चित्रकोर्ने,नाच्ने,गाउने अनि विभिन्न किसिमका खेलहरु खेल्न मन पराउथे । मलाई नाच्न र गाउन खासै आउदैन थियो र पनि म नाच्न र गाउनमा खुबै रमाउने गर्दथे । बिद्यालयमा खासै अतिरिक्त कार्यक्रम हुदैनथ्यो । टिफिनको समयमा हामी साथीहरू मिलेर विभिन्न खेलहरु खेल्ने गर्दथ्यो । हरेक दिन हामी विभिन्न किसिमका खेलहरु खेल्ने गर्दथ्यो ।

हामीले खेल्ने खेलहरुमा डन्डिबियो,कब्बडी,दौड,लुकिडुम,पिट्यु,चुङ्गी,चोर पुलिस लगायतका खेलहरु खेल्ने गर्दथ्यो । कहिलेकाही हामी फाइट खेलपनि खेल्ने गर्दथ्यो । म सबै खेल खेल्ने गर्थे तर म खेलकुदमा खासै अब्बल थिइन । सबै खेलहरुमा औसत नै थिए । बिद्यालयमा भने खासै त्यस्तो अतिरिक्त कार्यक्रम हुदैनथ्यो । तिहारमा देउसी भैलो कार्यक्रममा भने नाचगान हुने गर्दथ्यो । लगभग पाँच दिन सम्म देउसी भैलो कार्यक्रम हुने गर्दथ्यो । म पाँचै दिन सम्म देउसी भैलो कार्यक्रममा रमाउथे । देउसी भैलो सकिएको महिना दिनभित्रमा बनभोज कार्यक्रम हुने गर्दथ्यो । बनभोज कार्यक्रम अझ रमाइलो हुने गर्दथ्यो । बनभोज कार्यक्रममा खानपिन मात्रै नभइ विभिन्न सांगीतिक कार्यक्रम हुने गर्दथ्यो । सांगीतिक कार्यक्रममा अन्य छिमेकी टोल र वडाका मान्छेहरू पनि आफ्नो प्रस्तुति सहित सहभागी हुने गर्दथे साथै कार्यक्रम हेर्नकै लागि पनि धेरै मान्छेहरु उपस्थित हुने गर्दथ्यो । खानपान कार्यक्रम पश्चात सांगीतिक कार्यक्रम हुने गर्दथ्यो । बनभोज साच्चै रमाइलो हुने गर्दथ्यो । बाल्यकालका सम्झनाहरुलाई पनि यहाँ लेख्नै उपयुक्त लाग्यो ।

अब अहिलेको अवस्था र मलाई मनपर्ने कुरा गर्दा, मलाई हिजोआज पनि गीतसंगीत मनपर्छ । धेरै भन्दा धेरै नेपाली गीतसंगीत सुन्ने गर्छु । अलिअलि मनका भावनाहरु शब्दहरुमा उतार्न कोशिश गर्छु । मलाई मादल,तबला,हर्मोनियम,गिटार र बसुरी हल्काफुल्का बजाउन आउँछ । मलाई भोयालिन,सारांगी बाजा पनि मन पर्छ । म अलिक भावुक खालको छु । मलाई सानोतिनो कुराले नै छुने गर्दछ । कसैलाई नाई भन्न सक्दिन । मसंग भएको कुनै कुरा लुकाएर राख्नै सक्दिन । कतिबेला,कसरी ती सब कुरा खोलिसकेको हुन्छु । मलाई हल्का खेलकूदमा पनि रुचि छ । मलाई भलिबल,फुटबल,क्रीकेट,पौडी मन पर्छ । भलिबल खेल चै मैले खेल्ने खेल हो भने, फुटबल अलिअलि खेल्छु अनि पौडी पनि आफुलाई पानीबाट बचाउन सक्ने गरि खेल्न सक्छु । मलाई निलो,पहेलो,बैगुनी र सेतो रंग मन पर्छ । मलाई कम्प्युटर सम्बन्धि केही ज्ञान भएको हुनाले कम्प्युटरमा बसेर पनि धेरै समय बिताउन सक्छु । कम्प्युटर संग खेल्न मन लाग्छ । विभिन्न साइटहरु भिजिट गर्न पनि रुचाउछु । मेरो लागि ईन्टरनेट समय सदुपयोग गर्ने उपयुुक्त माध्यम हो भन्दा फरक नपर्ला । किनभने जब म ईन्टरनेटको माध्यमबाट आफुले चाहेको जानकारी लिन थाल्दछु तब म सबै कुरा भुल्ने गर्छु । मेरो लागि कम्प्युटरको स्क्रिन नै एउटा ठुलो संसार भइदिन्छ ।

मलाई साधारण नेपाली खाना नै मनपर्छ । थकाली भान्छ मलाई मनपर्ने खाना हो । रोटि,तरकारी अनि अचार पनि मलाई खुबै मनपर्छ । फलफूलहरुमा केरा,आँप,मेवा,सुन्तला,अनार,भूइकटहर अनि लिच्ची मनपर्छ । मलाई साधारण खालका अनि आफुलाई सजिलो लाग्ने पहिरन मनपर्छ । सर्ट,पेन्ट अनि टाईमा आफुलाई स्मार्ट देखिन्छु जस्तो लाग्छ । मलाई विभिन्न नयाँ नयाँ ठाँउ घुम्न मनपर्छ । मैले नेपालको केही भागहरु घुमेको छु । म जहाँ जहाँ पुगे ती सबै ठाउको आआफ्नै विशेषता पाए । मलाई अझै नेपालको धेरै ठाँउ घुम्न जाने रहर छ । मेरो एउटा बानी के छ भने,जुन ठाँउ मलाई मनपर्छ त्यो ठाँउमा घरीघरी पुगिरहुँ लाग्छ । त्यस मध्यमा भेडेटार मलाई असाध्यै राम्रो अनि मनपर्छ । म प्रायः यो ठाँउ पुगिरहेको हुन्छु । मलाई मनपर्ने कुराहरु यी नै हुन । यसमा केही अझै छुटेका छ्न । ती अर्को पेजमा लेखौला ।

खुशी

खुशी शब्द मात्रै उच्चारण गर्दा पनि एक किसिमको तरंग मनमा पैदा हुन्छ । मान्छेहरुको हरेक गतिविधिहरुको अन्तिम गन्तव्य भनेको खुशीको नजिक पुग्नु नै हो । तर पनि यो खुशीको नजिक अनि खुशी संग कमै मान्छेले मात्रै साक्षात्कार गर्ने मौका पाउदछ्न। खुशीको खोजीमा मान्छे हरेक दिन यताउता भौतारिरहेका हुन्छ्न । अनेकौं कामको चापले ब्यस्त मानिस पनि केही समयको लागि भए पनि खुशी हुन चाहन्छ । सबै मान्छेहरुले खुशी एकै प्रकारले प्राप्त गर्दैनन् तर सबैको लक्ष्य भने उस्तै हुने गर्दछ ।

संसारमा खुशीको कुनै प्रकार,किसिम छैन । न त यसको सीमा नै छ । यो त एउटा अनुभव मात्रै हो जुन ब्यक्ति अनुसार फरक फरक रुपमा प्राप्त गर्ने गर्दछन । कसैको लागि एक छाक मिठो खाना खान पाउनु पनि निकै खुशीको क्षण हुन सक्दछ भने कसैको निम्ति चौरासी ब्याञ्जनले पनि कुनै असर गर्दैन । कसैको हातमा एक हजार रुपैयाँ मात्रै हात पर्दा पनि एक किसिमको खुशी मिल्दछ भने कसैलाई लाख मिल्दा पनि मनमा त्यस्तो कुनै खुशी मिल्दैन अझ उसलाई करोडको सपनाले सताउन सक्दछ । खुशी भन्ने कुरा यहि हो भन्न सकिन्न ।

प्राय: मान्छेले बस्तु मार्फत खुशी प्राप्त गर्ने चाह राख्द छन । अनेक प्रबिधि, आबिष्कारहरु पनि मानवीय खुशी र सहजताका लागि नै निर्माण गरिएका हुन भन्दा फरक नपर्ला तर यी भौतिक बस्तुमा पनि खुशी छैन । यी भौतिक बस्तुमा मिल्ने खुशी क्षणिक हुन । जब सम्म नयाँ अनि उपयोगी हुन्छ्न तब सम्म कुनै हदसम्म खुशी मिलेता पनि त्यसपछी ती सबै आफ से आफ बिलाइ जान्छ, खुशी सकिन्छ । ठाँउ विशेषले पनि मान्छेका खुशीहरुलाई असर पार्ने गर्दछ । जस्तो कि चिसो ठाँउमा बसेका मान्छेलाई कसैले न्यानो कपडा दिंदा जति न्यानोपना दिन्छ त्यो कपडाले त्यति नै खुशी पनि दिन सक्छ । तर त्यो कपडा गर्मी ठाँउमा भएकालाई दिंदा त्यसले कुनै प्रभाव पर्दैन ।

अब सदैव खुशी कहाँ मिल्छ?कसरी मिल्छ भन्ने प्रश्न आउँछ । यो प्रश्न पनि निकै जटिल छ, किनभने माथि भनि सकिएको छ कि खुशीको कुनै किसिम,प्रकार छैन । न यो कुनै बस्तुमा नै छ । त्यसैले आफू भित्र रहेको मनलाई नै बशमा राखेर आफू संग जे छ त्यसमा खुशी खोज्न सिक्नु पर्दछ । जब आफू भित्र नै भएको खुशीलाई चिन्न सक्छौ तब सदासदाको लागि खुशीले साथ दिनेछ । खुशी आफै संग रहने छ । कुनै बाहिरी बाताबरणमा खोज्न आवश्यक छैन ।

मान्छेको रीस

कसैसंग रिस गर्नुको कुनै फाइदा छ ? अवश्य पनि छैन । साथीसंगी,आफन्त,नातागोता र शत्रु संग पनि रिस गर्नुको कुनै फाइदा छैन । हिजोआजको फेसबुक भनौ या फस्टफुडको समयमा सबै कुराको हिसाब किताब राखिन्छ तर यसको हिसाब,हेक्का राखिन्न । मानवीय स्वभावहरु मध्य एउटा स्वभाव सबै मानिसले कुनै न कुनै समयमा व्यक्त गरिरहेका हुन्छ्न । हास्नु जति स्वस्थलाई फाइदाजनक छ त्यति नै रिसले स्वस्थमा असर गर्छ भन्ने जानकार भएपनि मान्छे घरीघरी रिस गर्छ । सानोतिनो कुराहरुमा पनि अनावश्यक रिस देखाउदा त्यसले सारा व्यबहार डामाडोल बनाइ दिएको उदाहरण देख्न र आफैले भोग्न पाइन्छ ।

रीसको कुनै समय हुदैन । मानिस कुनै पनि बेला रिस गर्न सक्छ । आफू अनुकूल परिस्थिति नहुदा प्रायः मान्छे रिसाउने गर्दछ । रिस र आबेगमा गरिएका निर्णयको नतिजा सहि नै आउछ भन्न सकिन्न । रिसले बर्षौ लगाएर बनेका सम्बन्ध एकैक्षणमा टुटाई दिन सक्छ । भनिन्छ रिसको उच्चतम समय 5 सेकेन्ड मात्रै कन्ट्रोल गर्नसके यस्ता घटना घट्ने सम्भावना नै हुदैन । विभिन्न धार्मिक ग्रन्थहरुमा पनि रिसलाई नकारात्मक रुपमै देखाइएको पाइन्छ । नेपाली उखान पनि छ रिस खा आफू । यसरी के भन्न सकिन्छ भने, रिसलाई कन्ट्रोल गर्नु,आफ्नो बशमा राख्नु नै ठुलो कुरो हो । तर पनि किन घरीघरी रिस उठ्छ ???

अहिलेसम्म चिकित्सा बिज्ञानले रीसको कुनै दबाइ त बनाएको छैन तर यसलाई आफ्नो बशमा राख्ने कोशिस गरे अवश्य सकिन्छ । जब तपाईलाई रीस उठ्छ तब चुपचाप रीस उठेको ब्यक्ति,बस्तु या ठाँउबाट टाढा जानुहोस अनि आँखा बन्द गरेर बिस्तारै नाकबाट लामो सास लिएर मुखबाट फ्याक्नुहोस । यसो गर्दा तपाईको रीस बिस्तारै घट्दै जान्छ भने यसका अलावा तपाई एककिसिमको आनन्द पनि आउने छ । केही समय के कारणले आफू रीस गर्न बाध्य भएको हो कारण खोज्नुस साथै घटनाको मुख्य कारण पत्ता लगाउनुहोस । आफू स्थिर भएको महशुस गरेपछि बाहिर निस्केर अघिको बिषयबस्तुको बारेमा ब्यक्तिसंग कुरा गर्नुस र निचोडमा पुग्नुस । यहि हो एउटा रीसलाई समाधान गर्ने असली उपाय । एकछिनको रीसले सारा व्यबहार डामाडोल बनाउनु भन्दा आफुलाई संयमित राख्नु नै उत्तम हुनेछ ।

Ask Yourself

Why I am writing ? This is a question for me every time when I write something on any topic. It is important to have goal to do something ot...